सभापति देउवाले रामेछापका सभापति तामाङ्लाई दिए बधाई

| मंसिर ११, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

११ मंसिर, रामेछाप । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेछापका सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) लाई बधाई दिएका छन् । 

 


शनिबार सामाजिक संजाल फेस्बुक मार्फत सभापति देउवाले जिल्ला सभापतिमा बिजयी भएको भन्दै बधाई तथा सफलताको शुभकामना दिएका हुन् । 

 

तामाङ् जिल्लामा गत असोज १८ सम्पन्न अधिवेशनमा जिल्ला सभापतिमा बिजयी भएका थिए । उनी देउवा निकट हुन् । 

 

कूल १३ सय ८८ मत खसेको रामेछापमा ६६८ मत पाएर बिजयी भएका थिए ।  


जिल्ला सभापतिमा बिजयी भएका तामाङ् नेतृत्वको कांग्रेस रामेछापले पहिलो पदादिकारी बैठक समेत बसिकसेको छ । 


सभापति तामाङ् रामेछापका सबै स्थानीय तहमा आसन्न चुनावमा कांग्रेसलाई जिताउने आफ्नो लक्ष्य रहेको बताउदै आएका छन् ।