माओवादी केन्द्र रामेछप नगरको अध्यक्षमा मोतिलाल तामाङः ६५ सदस्यीय कमिटी निर्विरोध गठन

| मंसिर १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (माओवादी केन्द्र) रामेछप नगरपालिकाको अध्यक्षमा मोतिलाल तामाङ चयन भएका छन् । आइतबार तामाङ्लाई नगरको अध्यक्षको जिम्मेवारि प्रदान गरेको कोषाध्यक्ष बनेका सरोज कटुवालले जानकारी दिए । 

 

उनका अनुसार पार्टीको उपाध्यक्षमा नरेशबाबु श्रेष्ठ, इन्दिरा बख्रेल र रामबिस्णु बस्नेत चयन भएका छन् । 

 

त्यस्तै सचिवमा भने निरबहादुर श्रेष्ठले जिम्मेवारी पाएका छन् । भिम बहादुर तामाङ सहसचिव बनेका छन् । भने सरोज कटुवालले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । कटुवालले दिएको जानकारी अनुसार ६५ जना कमिटी निर्विरोध रुपैमा चयन गरिएको हो ।