रामेछापमा ६ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्वः यी हुन् अध्यक्षहरु (नामावाली)

| मंसिर १२, २०७८ आइतबार

मन्थली नगरपालिकाको माओवादी केन्द्रको सम्मेलन तस्विर फाइल
A A A
A A A

१२ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रामेछापले जिल्लाका ६ स्थानीय तहमा नयाँ नेतृत्व पाएको छ । दुई दिन शनिबार र आइताबर लगाएर माओवादी केन्द्रले दुई नगरपालिका सहित ६ स्थानीय तहमा कमिटी गठन सकेको जिल्ला संयोजक मैन कुमार मोक्तानले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका र पुरानो सदरमुकाम रामेछाप नगरपालिकामा आज कमिटी बनेको हो । मन्थली नगरको अध्यक्षमा शंकर बोहोरा 'निर्माल' चयन भएका छन् । भने पूरानो सदरमुकाम रहेको रामेछाप नगरको अध्यक्षमा लालसिंह तामाङ चयन भएका छन् ।

 

सबै ठाउँमा माओवादी केन्द्रले सर्वसहमितिमै कमिटी गठन गरेको मोक्तानले रामेछाप टाइम्सलाई जानकारी गराए । 

 

उनका अनुसार शनिबार दोरम्बा शैलुङ गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको कमिटी बनेको थियो । त्यस्तै सुनापति गाउँपालिकामा आइतबार आज बिहान कमिटीले पूर्णता पाएको हो । 

 

त्यस्तै उमाकुण्ड गाउँपालिकामा आइतबार आजै कमिटीले साँझ सम्म लगाएर पूर्णता पाएको उनले बताए । 

 

यता खाँडादेवी गाउँपालिकामा सोमबार भोली माओवादीका नेता तथा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सालिकराम जमकेट्टेलसहितको उपस्थितिमा पालिका कमिटी गठन गर्ने तयारी गरेको उनले बताए । भने लिखु तामाकोशी गाउँपालिकामा आउदो १८ गते नेपाल सरकारका शिक्षा मन्त्री एवं माओवादी केन्द्रका नेता देबेन्द्र पौडेलको उपस्थितिमा पालिका कमिटी गठन गरिने उनले बताए । 

 

करिब ११ हजार सक्रिय सदस्य संख्या रहेको माओवादी केन्द्रले पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन अन्तर्गत पालिकाको अधिवेशन गरिरहेको छ । 

 

एक जना अध्यक्ष, ३ जना उपाध्यक्ष र अन्य एक एक जना पदाधिकारी सहित ७ पदाधिकारी कमिटी गठन गर्ने माओवादीको विधनमा व्यवस्था छ।  

 

जिल्ला संयोजक मोक्तानले शान्ति पूर्णरुपमा, शौहार्द वातावरणमा कमिटी गठन गरेको भन्दै सर्वसहमिति गर्ने कार्यकर्ताहरुको माग धेरै आएको सुनाए । 

 

उनले बिधिविधानबाट चल्ने बाटो रहेको उल्लेख गर्दै नेता कार्यकर्ताहरुको माग बमोजिम सर्बसहमतिमा कमिटी बनाइएको उल्लेख गरे । उनले कार्यकर्ताले नेता चुन्नु पर्ने भन्दै म हुँ नेता ठूलो मान्छे भन्ने भ्रम चिर्नु पर्नेमा जोड् दिए । 

यी हुन् ६ स्थानीय तहका अध्यक्षहरु 

  • मन्थली नगरको अध्यक्षमा शंकर बोहोरा निर्माल
  • रामेछाप नगरको अध्यक्षमा लालसिंह तामाङ 
  • उमाकुण्ड अनन्त खड्का, 
  • गोकुलगंगा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर तामाङ् 
  • सुनापतिक गाउँपालिका अध्यक्ष ठूलो कान्छ तामाङ 
  • दोरम्बा शैलुङ, गाउँपालिका अध्यक्ष हिराबहदुर श्रेष्ठ