रामेछापका सविन बाग्मती प्रदेशकै कान्छो महाधिवेशन प्रतिनिधिः भन्छन् “देश विकास गर्ने हो भने कांग्रेस बाहेक अर्को विकल्प छैन”

| मंसिर १२, २०७८ आइतबार

सबिन विश्वकर्मा तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१२ मंसिर,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकका सबिन विश्वकर्मा बाग्मती प्रदेशकै कान्छा महाधिवेशन प्रतिनिधि बनेका छन् । आफू रामेछाप जिल्लाबाट बाग्मती प्रदेश भरिकै कान्छो महाधिवेशन प्रतिनिधि बनेको उनले रामेछाप टाइम्सलाई बताए । 

 

उनी जिल्लाको गोकुलगंगा गाउँपालिका ४ बेतालीमा २०५५ साल भदौ १७ गते जन्मिएका हुन् । दलित कोटाबाट क्षेत्र नं 'क' मा क्षेत्रीय प्रतिनिधि आएका सबिनले २९६ मत प्राप्त गरेका थिए । ६ सय ८९ मतदाता रहेको क्षेत्रीय अधिवेशनमा उनले २९६ मत पाएका हुन् ।

 

उनीसंग नेपाल विद्यार्थी संघको (नेविसंघ) को राजनीतिमा सक्रिय हुनुका साथै शहिद स्मृति बहुमुखी क्याम्पसमा नेविसंघ इकाइ उपसभापति र कार्यबाहक सभापतिको जिम्मेवारी समाल्लेको अनुभव छ । 

 

विकले २०७४ देखि २०६७ सम्म क्याम्पसमा सो जिम्मेवारी सम्हालेक थिए । उनी २०७१ देखि ०७३ सम्म मन्थली माविमा नेविसंघ इकाई सभापति बनेका थिए । स्नातक तहको शिक्षा सकाएका वि.कले पछि गएर २०७६ सालमा नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए । 

 

उनी रामेछाप टाइम्ससंगको कुराकानीमा भन्छन् “कुनै पनि क्षेत्रमा निरन्तर लागेपछि जीत हासिल गर्न सकिने रहेछ ।” उनी नेपाली काँग्रेस परिवारमै जन्मिएका हुन् । उनी सुनाउनछन् कांग्रेसी पारवारीक आस्था भएकै कारण म, राजनीतिमा आउने अवसर मिल्यो, सबै परिवारमा राजनीतिक पृष्ठ भूमि रहेकाले पनि मलाई सहज भयो ।” 

सबिन वि.क तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

१४ वर्षको उमेर देखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भएर निरन्तर नेविसंघको राजनीतिमा सक्रिय रहेको उनको भनाई छ । श्री जनजागृत उच्च माध्यमिक विद्यालय बेतालीमा कक्षा १० सम्मको पढाईकै बेला २०६६ सालदेखि राजनीतिमा होमीएको उनी सुनाउछन् । विश्वकर्मा अहिले आफ्नो राजनीतिलाई नयाँ उचाईमा आइपुग्नुमा लगनशिता र शक्रियता रहेको दाबी गर्छन् । 

 

त्यहाँ उनले स्कूलको इकाई सभापति भएर नेविसंघको राजनीतिमा आबद्ध भएको सुनाउदै उनी थपछन् “माध्यमिक शिक्षादेखिनै राजनीतिमा मेरो लगाब थियो । माध्यमिक शिक्षामा आफूले राजनीति बुझन थापेको र बिक्रीतिका लागि लड्नु पर्ने भन्ने सोचाई आफूमा जागेको थियो ।” 


उनले आफूलाई जिल्लाको सदरमुकाम समेत रहेको मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसमा कक्षा १२ देखि स्तानकोत्तर सम्म पढाईसंगै राजनीतिलाई अगाडि लिएर हिडेकोमा भाग्यमानी ठान्छन जो अहिले यो अवस्थामा पुग्नुमा । जहाँ उनले मन्थली क्याम्पसको इकाई उपसभापतिको जिम्मेवारीलाई कूशल रुपमा निर्वाह गरेर जिल्ला स्तरमा नेताहरुको आँखामा राम्रो छबी छाडेको उनको दाबी छ  । 

 

स्नाकोत्तर तहको पढाई पूरा गरेका विश्वकर्माले पढाईसंगै राजनीतिलाई पनि केन्द्र सम्म पुर्याए । यो बीचमा उनले केन्द्रीय नेता तथा कार्यकर्ता माझ राम्रो चिन्जान गरे । जसले उनलाई राजनीतिमा अगाडि ल्याउन सहयोग गर्यो । 

 

उनी युवा पुस्तामा कांग्रेसको आकर्षण देखेर आफूलाई खुसी लाग्ने बताउदै देश र जनताको लागि कांग्रेस मात्रै आगामी एक विकल्प हो भन्छन् । देशलाई समृद्ध बनाउने हो, भने कांग्रेसलेका युवा नेताले देश चलाउनु पर्ने र दीगो विकास र नागरिकका आवश्यकतालाई मध्यनजर गरेर अगाडि बढ्नु पर्ने उनको तर्क छ।  
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार