गुम्देलको लाछेवरमा बासमागरे बसेका सोलुखुम्बुका बि‍.कले घरबेटीमाथि ‘बलत्कार’ गरेः सिधै प्रहरी ‘खोर’ मा

| मंसिर १३, २०७८ सोमबार

सांकेतिक तस्विर
A A A
A A A

१३ मंसिर,रामेछाप । रामेछापको गुम्देलमा बासबसेकाले घरबेटिमाथि करणी प्रयास गरेका छन् । साविकको गुम्देल गा.वि.सको वडा नं १ लाछेवर भन्ने ठाउँमा बासबसेका सोलुखुम्बु घर भएका चित्रबहादुर बि.कले घरधनिमाथि जबरजस्ती करण गर्ने प्रयास गरेका हुन् । 

 


घटना गत बिहिबार भएको हो । करणी प्रयास गर्नेमा सोलुखुम्बु जिल्लाको साविक बेनी गा.वि.स.वडा नं ४ हालको दुधकुण्ड गाउँपालिका वडा नं-१ घर भएका ३९ वर्षीय चित्रबहादुर वि.क छन् । 
उनलाई  जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 


उनी विगत ४/५ महिनादेखि रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको साविकको वडा नं १ लाछेवरमै डेरा गरी बस्दै आएका थिए । 

 

बि.कले पीडितको घरमा साँझमा आएर बासमागेका थिए । घरबेटीले बासदिर बासबसेका बि.क खाना खाएर सुतेका थिए । 


उनले राति अन्दाजी १२ : १५ बजेको समयमा घरबेटीमाथि जबरजस्तिकरणी गर्ने प्रयास गरेको पीडितले बताएका छिन् । पीडितको खबरपछि उनलाई गत शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 

पक्राउ परेका वि।कलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि जबरजस्ति करणी मुद्दामा थप अनुसन्धान भैरहेको उनले बताए ।