रामेछापका कैलाश ढुङ्गेल, माधव ढुङ्गेल र कमल चौलगाई एमाले केन्द्रीय सदस्य बनेः चार जना आउट् !

| मंसिर १३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१३ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एमाले) को केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना सर्वसहमतिमै  केन्द्रीय सदस्य बनेका छन् । 

 

जारी १० औं राष्ट्रिय महाधिवेशनमा रामेछाप जिल्लाबाट  कैलाश ढुङ्गेल, कमल चौलागाई र माधव ढुङ्गेल केन्द्रीय सदस्य बनेका हुन् । जसमा कैलाश ढुंगेलवाग्मती प्रदेश भूगोलबाट र खुलाबाट माधव ढुंगेल केन्द्रीय सदस्य बनेका हुन् । 

 

जिल्लाबाट केन्द्रीय सदस्यमा कैलाश ढुँगेल, कमल चौलागाई, माधव ढुङ्गेलसहित, प्रेमबहादुर तामाङ्ग, युवा नेता रत्न गौतम्, मायाँ कार्की र गीता कार्कीले उम्मेद्वरी दिएका थिए ।  


एमालेले गएराति ३०१ केन्द्रीय कमिटीलाई बनाएको छ । 

एमालेको अध्यक्षका लागि भने आज केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुदै छ । 

 

निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए निर्वाचन तालिकामा हेर्फेर गरेर आज बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुदैछ । रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।