पकरवासमा मिनिट्रक दुर्घटना अपडेटः २० जना घाइते, ६ जना काठमाडौं रेफर,

| मंसिर १३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१३ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र खाँडादेवी गाउँपालिकाको पालिका कमिटी गठन कार्यक्रम स्थलतर्फ जाँदै गरेको ना ७ ख ६७६७ नम्बरको निशान गाडी दुर्घटनामा परेको    परेको छ । दुर्घटनामा २० जना घाईते भएका छन् ।

 

घाइतेमा ६ जनाको अवस्था गम्भीर रहेकाले काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।



उनका अनुसार खाँडादेवीको वडा नं ४ पसरवासबाट ६ माकादुम हिडेको मिनिट्रक पसरवासको धर्मशाला भन्ने स्थानमा दुर्घटनामा परेको हो ।



आज माओवादी केन्द्रले  खाँडादेवीमा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलको उपस्थितिमा भव्य कार्यक्रम तथा पालिका कमिटी गठन गर्ने कार्यक्रम रहेको थियो । 

 

दुर्घटनामा १८ बर्षीय अस्मिता माझीको दुवै हात भाचिएकाे छ । भने प्रनिष माझी  हात खुट्टामा गहिराेचाेट लागेको छ ।  त्यस्तै २४ वर्षीय सह-चालक विपिनराज गिरी हात भाचिएकाे र टाउकामा चाेट लागेको छ । 

 

हाल हर्क बहादुर माझी, धुर्व माझी, निशान माझी, यज्ञ ब हादुर माझी,खडग बहादुर माझी ,लोक बहादुर माझी, सन्ताेष माझी, राज माझी, टेफ बहादुर माझी, राउत माझी,रन्जना माझी, साेम माझी, सुमन माझी, जित बहादुर माझी, मनाेज नेपाल,  भुवन माझी ,ईश्वर श्रेष्ठ र विक्रेता माझी  तामाकोशी अस्पतालामा उपचार गराइरहेको जानकारी दिएको छ। 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार