राष्ट्रिय खेलकुद् परिषद्को सदस्य सचिवमा रामेछापका टंकलाल घिसिङ नियुक्त

| मंसिर १३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१३ मंसिर,रामेछाप । राष्ट्रिय खेलकुद् परिषद् (राखेप) को सदस्य सचिवमा रामेछापका टंकलाल घिसिङ नियुक्त भएका छन् ।उनी रामेछापको सुनापति गाउँपालिका २ दिमीपोखरीका हुन् । 

 

आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

 

राखेपको नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले गरेको सिफारिसको आधारमा उनलाई नियुक्त गरिएको उनले बताए । 

 

समितिले गरेको आह्वानमा १८ जनाले दावी पेश गरेकामा घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो । जसमा घिसिङ् नियुक्त भएका हुन् । 

 

घिसिङ् माओवादी केन्द्र बाग्मती प्रदेश कमिटीका सदस्य समेत रहेका छन् ।  भने उनी नेपाल राग्बी संघका अध्यक्ष समेत हुन् । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार