रामेछापको मन्थली नगरपालिका बाहेक सबै स्थानीय तहमा मतदाता नामावाली संकलन हुने (सूचनासहित)

| मंसिर १३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१३ मंसिर,रामेछाप । रामेछापमा मतदाता नामावाली संकलन हुने भएको छ । जिल्ला निर्वाचन आयोगबाट स्वीकृत मतदाता नावामी संकल विशेष कार्यक्रम २०७८ बमोजिम जिल्लाका ७ स्थानीय तहमा १०–१० दिन मतदाता नामावाली संकलन हुने भएको हो । यो पटक आयोगले जिल्लामा मन्थली नगरपालिका बाहेक सबै स्थानीय तहमा नामावाली संकल गर्ने सूचनामा उल्लेख गरेको छ ।

 

 

आयोगको जिल्ला स्थित कार्यलयले सोमबार एक सूचना प्रकाशन गरि रामेछाप नगरपालिका सहित ६ पालिकामा नामावाली संकलन गर्ने बताएको हो ।

 

यही मंसिर २६ गते उमाकुण्डको प्रिती, दोरम्बा शैलुङको टोकरपुर, र खाँडादेवी गाउँपालिकाको माकादुममा संकलन गरिने उल्लेख छ । 

 


त्यस्तै आगामी पुष ९ गतेदेखि गोकुलगंगाको रस्नालु, सुनापतिको हिलेदेवी र लिखुतामाकोशी गाउँपालिकाको धोबीबजारमा नामावाली संकलन हुने जारी सूचनामा उल्लेख छ । 

सूचना हेर्नुहोस्


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार