माओवादी केन्द्रले खाँडादेवीमा महिला नेतृ गंगा बुढाथोकीको नेतृत्वमा ५५ सदस्यीय पालिका कमिटी गठन गर्यो

| मंसिर १४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१४ मंसि, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी माओवादी केन्द्र खाँडादेवी गाउँपालिकाको अध्यक्षमा महिला नेतृ गंगा बुढाथोकी चयन भएकी छन् । सोमबार पालिकामा भएको वृहत भेलाले नेतृ बुढाथोकीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । 

 


बुढाथोकीको नेतृत्वमा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । 


त्यस्तै पालिका सचिव विक्रमदीप श्रेष्ठ चयन भएका छन् । 


बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलको उपस्थितिमा भएको भेलाले कमिटी गठन गरिएको हो । 

 


हाल सम्म माओवादी केन्द्रले लिखु तामाकोशी गाउँपालिका बाहेक ७ स्थानीय तहको अधिवेशन एवं कमिटी गठन गरिसकेको जनाएको छ । लिखु तामाकोशीमा आउदो १८ गते कमिटी गठन गर्ने माओवादी केन्द्र रामेछापले जनाएको छ ।