मन्थली मसानटारमा ट्रक दुर्घटनाः चालकको मृत्यु, सह-चालक घाइते

| मंसिर १४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१३ मंसिर,रामेछाप । रामेछापको मन्थलीमा बियर बोकेर मन्थली आउदै गरेको ट्रक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

 


आज मंगलबार बिहान ७  १५ बजेको समयमा मन्थली नगरपालिका १ मसानटारमा चितवन नाराघाटबाट मन्थली तर्फ आउदै गरेको प्रदेश नं २-०३-००१ ख ४७६२ नम्बरको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनकाअनुसार दुर्घटनामा अर्घखाँची जिल्लाको सित्गंगा नगरपालिका १३ घरभै हाल भरतपुर महानगरपालिका वडा ८ बस्ने २८ वर्ष सूर्यबहादुर भाट क्षेत्रीको निधन भएको हो । 


दुर्घटनामा परि गम्भीर घाइते भएका भाटको उद्दार सिन्धुलीको खुर्कोट स्थित शुभजिवन अस्पतालमा उपचारको क्रममा बिहान ८ बजेको समयमा उनको निधन भएको सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । दुर्घटनामा सहचालक घाइते भएका छन् ।

 


ट्रक अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।