दोस्रो माझी गोल्ड कप आजदेखि सुरुः मन्त्री गहतराजले उत्घाटन गर्दै

| मंसिर १५, २०७८ बुधबार

तस्विर स्रोतः बालकृष्ण माझी, खेलमैदान
A A A
A A A

१५,मंसिर, रामेछाप । आज बुधबारदेखि रामेछापमा दोस्रो माझी गोल्ड कप सुरु हुदै छ । खेलको आज बिहान खेलकुद मन्त्री महेश्वरजंग गतहराजले उत्घाटन गर्दै छन् । खेल मन्थली नगरपालिका वडा नं ६ कुनौरी खेल मैदानमा खेलाईदै छ । खेल उत्घाटन गर्न मन्त्री आजै रामेछाप आउदै छन् ।

 

आजदेखि आगामी २० गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा देशका विभिन्न जिल्लासहित २३ टिमको सहभागिता रहेको छ ।

जसमा रामेछाप, धनकुटा, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, धनुषा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोर्खा, स्याङ्जा, मकुवानपुर, बारा, रौतहट र सर्लाहीबाट टिम दर्ता भएका हुन् । 


खेलमा प्रथम हुने टिमले २ लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख रुपैयाँ नगद्सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् । साथै सान्तवना हुने टिमले नगद् २५ हजार प्राप्त गर्ने आयोजक नेपाल माझी उथान संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार