१२ वर्षपछि बाबु छोरा पक्राउ पक्ररणः मुख्य अभियुक्त लामा पनि खनियापानीबाट पक्राउ

| मंसिर १५, २०७८ बुधबार

सांकेतिक तस्विर
A A A
A A A

१५, मंसिर,रामेछाप । १२ वर्ष अगाडि ज्यान मारेर फरार रहेका बाबु छोरा पक्राउ परेपछि सो घटनाका मुख्य अभियुक्त पनि पक्राउ परेका छन् । गत शनिबार बाबु छोरा छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका थिए । 

 

उनीहरुमाथि अनुसन्धान गरेपछि घटनाका मुख्य अभियुक्त ४७ वर्षीय (ज्वाला) भनिने पदमबीर लामा तामाङलाई गएराति ८ बजे जिल्लाकै सुनापति गाउँपालिका वडा नं ५ खनियापानीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रही जवान शुशिल थापाले जानकारी दिए । 

 

उनीहरुले काभ्रेको तेमाल गाउँपालिका ९ बस्ने २९ वर्षीय निखिल भन्ने तिर्थमान दोङ (तामाङ‌)लाई पुरानो रिसिबीले धारीलो हतियार प्रहार गरेर निर्मम तरिकाले हत्या गरेका थिए ।

 

 

सोही घटनामा गत २०६६ असोज १८ गते काभ्रेको साविकको मेच्छेपौवा गा.बि.स.९ बस्नेका पृथ्वीमान दोङ तामाङको जाहेरीले दिएका थिए । १२ वर्षसम्म फरार रहदै आएका तीनै जना पक्राउ परेका हुन् । 


मंगलबार पक्राउ परेका लामा तामाङ्गमाथि जिल्ला अदालत  रामेछापबाट ४ दिनको म्याद थप भई अनुसन्धान कार्य जारी रहेको रामेछाप प्रहरीले जनाएको छ ।