रामेछापका गम्भीर बि.क प्रेस सेन्टरको प्रदेश सचिव बनेः पत्रकार संगठनले दियो बधाई

| मंसिर १५, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१५ मंसिर,रामेछाप । प्रेस संगठन बाग्मती प्रदेशको सचिव पदमा रामेछापका गम्भीर वि.क निर्बिरोध निर्वाचित् भएका छन ।  मंगलबार संगठनको प्रदेशको कमिटी गठनमा रामेछापका वि.क सचिवमा निर्विरोध निर्वाचित भएका हुन् । संगठनको प्रदेश समितिको अध्यक्षमा काभ्रेका यदुनाथ गौतम निर्विरोध चय भएका छन् भने, बरिष्ठ उपाध्यक्षमा मकवानपुरकी नानीमाया विष्ट, उपाध्यक्षमा नुवाकोटका कपिलदेव खनाल र सिन्धुलीकी अन्जु तामाङ चयन भएका हुन् । 

 

त्यस्तै मुख्य सचिवमा ध्रुव अधिकारी (मकवानपुर), खुल्ला सचिव सुमन गैरे, सन्तोष देवकोटा (चितवन), सन्तोष दाहाल (काभ्रे), ध्रुवचन्द्र खड्का (सिन्धुली), जनजाति सचिव गौतम जिरेल (दोलखा), दलित सचिवमा गम्भीर बि.क (रामेछाप) बनेका हुन् । 

बाग्मती प्रदेश प्रेस सेन्टरका निर्वाचित पदाधिकारीहरु, तस्विर स्रोतः कृष्णसारु मगर 

त्यस्तै महिला सचिवमा चन्द्रकला खत्री (सिन्धुपाल्चोक), कोषाध्यक्ष बद्री अधिकारी (धादिङ) सहित ३५ सदस्यीय कार्यसमिति गठन भएको जानकारी हो ।

 

यसैबीच राष्ट्रिय दलित पत्रकार संघ नेपालले रामेछापका बि.कलाई बधाई दिएको छ । संघको बाग्मती प्रदेशका सदस्य समेत रहेका  बि.क संगठनको सचिव भएकोमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको, जिल्ला कार्यसमितिले आज बुधबार बधाई दिएको छ । 

प्रदेश संगठनको सचिव बनेका बि.क लाई प्रदेशमा रामेछापको पत्रकारीलाई थप बल पुर्याउन सहयोग पुगको भन्दै रामेछापका पत्रकारहरुको क्षमता विस्तारमा भूमिका खेल्न समेत दलित पत्रकार संघले आग्रह गरेको छ । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार