‘अहिलेको सरकार संविधान र ब्यवस्थालाई जोगाउन र कोरोनाबाट मुक्त बनाउन केन्द्रीत छ’– मन्त्री गहतराज (भिडिओ)

| मंसिर १५, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१५ मंसिर,रामेछाप । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अहिलेको सरकार तत्कालिन सरकारले मिचेको संविधानलाई सहिमार्गमा ल्याउने काम गरिरहेको बताएका छन् । उनले भने ‘यो सरकार तत्कालिन सरकारले मिचेको संविधान र संविधना विपरित कामलाई सहिमार्गमा ल्याउनकै लागि गठन भएको हो । अहिले त्यसै काममा लागि परेको छ ।’ 

 

 

रामेछापको सदरमुकाम मन्थलीमा प्रेस संगठन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गहतराजले अहिलेको सरकार अहिले सम्म प्राप्त भएका उपलब्धी जोगाउने र विश्व महामरीको रुपमा फैलिएको कोरोना महामारीबाट मुक्त गराउन केन्द्रित रहेको बताए । 

 

 

उनले रामेछाप जिल्ला कम्युनिष्ट पार्टीको लागि गौरव गर्न लाएक पवित्र भूमि भएको उल्लेख गर्दै विकास र समृद्धिमा केन्द्रीत भएको जानकारी दिए । 

भिडियो हेर्नुहोस्