बिहेमा बाजा बजाउन गएका बिजुलीकोटका ७१ वर्षीय 'साने' दमाई तीन दिनदेखि बेपत्ता

| मंसिर १७, २०७८ शुक्रबार

फाइल फोटो हराएका ब्यक्ति साने दमाई
A A A
A A A

१७,मंसिर, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ३ बिजुलीकोटबाट एक जना वृद्धा तीन दिनदेखि बेपत्ता भएका छन् । 


बिजुलीकोट निवासी ७१ बर्षीय साने भनिने राम बहादुर दमाई मंसिर १४ गते सोमबारका दिन वडा नं ४ बिजुलीकोटमा बिबाहमा गई घर फर्कने क्रममा साँझ ६ बजेको समयमा वडा नं ४ बिजुलीकोटको लेती खोला भन्ने स्थानबाट बेपत्ता भएको कुमार दर्जीले रामेछाप टाइम्सलाई बताए । उनी ५० वर्षीय बिरे दमाईको साथबाट बेपत्ता भएका हुन् । बिहेमा बाजा बजाउन ४ नंम्बर गएका ९ मध्ये ८ जना घर फिर्ता भएको तर, साने भने हालसम्म पनि कसैको सम्पर्कमा नआएको उनले बताए । 

 


उनले भने 'अरु ७ जना अलि अगाडि हिडेका रहेछन्, तर, ५० वर्षीय बिरे दमाई र सानेसंगै रहेको बताए । तर, बिरे घरपुगेका छन् ,भने साने हालसम्म पनि कसैको सम्पर्कमा पुगेका छैनन् । बेरे भने साने आफूसंगै रहेको तर राति भएकाले साने कतागएको भन्ने आफूलाई थाहा नभएको बताउदै आएको बताइएको छ ।