३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः मन्थली नगरपालिकाका ६ जना अशक्तहरुले पाए ‘ब्ल्याङ्केट’

| मंसिर १७, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१७ मंसिर, रामेछप । रामेछापको मन्थली नगरपालिकाले ६ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गरेको छ । ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको असरमा नगरको कार्यालयमा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा नगरपालिकाले ६ जना शारिरीक रुपमा अशक्त ब्यक्तिहरुलाई सम्मान गरेको हो । 

 

जसमा राधा पूरी मन्थली ९, बिरबहादुर माझी वडा नं ७, ध्रुब पाण्डे वडा नं ७, कृष्णा बहादुर खत्री वडा नं १२, ढालबहादुर कार्की वडा नं ५ र भुवन बहादुर भुजेल वडा नं ५ का ६ जना रहेका छन् । 

 

सोही कार्यक्रममा बोल्लै नगरप्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाले अपङ्गाता भएकाहरुको हितमा काम गरि रहेको बताए । उनले अपाङ्गामैत्री नगरबनाउन लागि परेको जानकारी दिए । उनले अपाङ्गाहरुको हितमा काम गर्ने संघ संस्थालहरुले कुनै नयाँ योजना लिएर आउन आग्रह गर्दै उनीहरुको काम गर्न नगर तयार रहेको घोषणा गरे । 

 

 

शारिरीक रुपमा अशक्त भएकाहरुले भने आफूहरुको लागि सरकारले सहयोग गर्ने नीति भएपनि प्रर्याप्त नरहेको उल्लेख गरेका छन् ।