एकिकृत समावादी पार्टीको सचिवालय बैठकः निर्णय कार्यान्वयन नभएको समिक्षासहित यस्ता छन् निर्णय ?

| मंसिर १७, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१७ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी एकिकृत समाजवादी रामेछापले मंसिर १५ मा वडा कमिटी नसकेपछि त्यसको समिक्षा गरेको छ । आज शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले मंसिर १५ गतेभित्र जिल्लाका ६४ वटै वडाहरुमा पार्टीको वडा कमिटी गठन गरिसक्ने निर्णय कार्यान्वयन नभएको भन्दै गम्भीर छलफल भएको पार्टी सचिव लालसिं घिसिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार आज बसेको सचिवालय बैठकले आउदो पुष १५ भित्र सबै जिल्लाका ८ वटै स्थानीय तहको वडा कमिटी गठन गरिसक्ने निर्णय गरेको छ । यसअगाडि एसले रामेछापमा मंसिर १५ गतेभित्र सबै वडाहरुमा कमिटी गठन गरिसक्ने निर्णय गरेको थियो । तर, हाल सम्म जिल्लाका २० जिल्लामा कमिटी गठन सकिएको छ । त्यस्तै सुनापति गाउँपालिकामा भने पालिका कमिटी समेत गठन भैसकेको छ ।


त्यस्तै आजको सचिवालय बैठकले थप ६ जनालाई जिल्ला कमिटीमा थप गर्ने निर्णय गरेको छ । यसअगाडिको बैठकमा पनि एसले १२ जना सचिवालय सदस्य थप गरेको थियो । जिल्लामा एसको कमिटी गठन गर्दै ११६ जनाको कमिटी रमेश कुमार बस्नेतको अध्यक्षतामा विस्तार भएको थियो ।  

 

अब वडा कमिटी सकाए लगत्तै पुष भित्रमा पालिका कमिटी समेत गठन गर्ने बैठकले निर्णय गरेको हो ।