पर्सिदेखि प्रथम रामेछाप जिल्ला फुटबल लिग सुरुः राखेप सदस्य सचिव घिसिङ्ले उत्घाटन गर्ने (टाइसेटसहित)

| मंसिर २१, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२१ मंसिर,रामेछाप । रामेछापमा पर्सि बिहिबारदेखि प्रथम रामेछाप जिल्ला फुटबल लिग सुरु हुने भएको छ । रामेछाप जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।  

 


एक लाख एक सय ११ रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितिय हुनेले ७५ हजार एक सय ११ रुपैयाँ, तृतिया हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ र सान्त्वना हने टिमले २० हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै प्रथम, द्वितिय र तृतिय हुने टिमले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले घोषणा गरेको हो । खेलमा उत्कृष्ठ खेलखेल्ने खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । खेलको लागि आवश्यक सबै तयारी सकिएको आयोजकले जनाएको हो । 


तीन दिन सम्म चल्ने प्रतियोगिता सदरमुकाम समेत रहेको मन्थली नगरपालिका स्थित् दुई खेल मैदानमा खेलाईने आयोजकको तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । खेल कुनौरी खेल मैदान र हाटेचौर खेल मैदानमा खेलाईने बताइएको छ । 


२३ गते उत्घाटन हुने खेलमा राष्ट्रिय खेलकुद प्रतियोगिता (‍राखेप)का सदस्य सचिव टंकलाल घिसिङ्ले उत्घाटन गर्ने छन् । उनी रामेछापका हुन् । राखेपमा नवनियुक्त सदस्य सचिव घिसिङ् सदस्य सचिव बनेपछि पहिलो पटक औपचारिक कार्यक्रमको लागि जिल्ला आउने छन् । उक्त अवसर जिल्लाका खेलाडीहरुले खेल क्षेत्रको विकासको लागि महत्वपूर्ण क्षण हुने अपेक्षा आयोजकले गरेको छ । 
जिल्ला फुटबाल संघमा आबद्ध कल्बहरुले मात्रै खेल्न पाउने उक्त प्रतियोगितामा खेलाडीहरुको जोखिम बहनका निमित्त खेलाडीहरुको बिमा समेत गर्ने आयोजकले जनाएको छ । 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार