यी हुन् बाग्मती प्रदेश अधिवेशनमा प्रदेश कार्य समितिमा विजयी हुने रामेछापका ६ जना

| मंसिर २३, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२३ मंसिर,रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश समितिमा रामेछापबाट ६ जना विजयी भएका छन् । गत मंसिर १८ गते भएको प्रदेश अधिवेशनबाट खुल्ला तर्फ ३ जना, भुगोल तर्फबाट दुई जना र दलित पुरुष तर्फबाट १ जना गरी ६ जना निर्वाचित भएका हुन् ।

 

जसमा खुल्ला तर्फबाट अर्जुन कुमार केसीले ७ सय ५३, भिमशेन बस्नेतले ६ सय ६९ र उज्वलराम घिमिरेले ७ सय ८ मत ल्याउँदै विजयी हासिल गरेका छन् । १५ जना खुल्ला सदस्यको लागि ४६ जनाले उम्मेद्वारी दिएका थिए । खुल्ला तर्फ रामेछापबाट तीन जनाले उम्मेद्वारी दिइएकोमा तीनै जना निर्वाचित भएका छन् ।


भुगोल अन्तरगत रामेछापबाट एक खुल्ला र एक महिला गरी दुई जना निर्वाचित भएका छन् । पुरुषतर्फ जीत बहादुर मगर र नारायण प्रसाद भट्टराईबीच चुनावी प्रतिस्पर्धा भएकोमा जीत बहादुर मगरले ९ सय ६३ मत ल्याउँदै विजयी हाँसिल गरेका छन् ।  

 

त्यस्तै भुगोल अन्तरगत महिलातर्फ कल्पना खड्का निर्वाचित भएकी हुन् । खड्काले सबै भन्दा बढी ८ सय २६ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।

 

त्यस्तै प्रदेश कार्य समितिको दलित सदस्यमा बल बहादुर दमाई (परियार) निर्वाचित भएका छन् । दलित तर्फ एक महिला सहित दुई दलित सदस्य हुने भएपनि एक खुल्ला सदस्यका लागि पाँच जनाले उम्मेद्वारी दिएका थिए ।

 

पाँच जना मध्ये सबै भन्दा बढी ७ सय २५ मत ल्याउँदै परियार निर्वाचित भएका हुन् ।