फोनिज रामेछापको अध्यक्षमा कुमार श्रेष्ठः ९ सदस्यीय समिति गठन

| मंसिर २३, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२३ मंसिर,रामेछाप । आदिवासी जनजाती पत्रकार महासंघ रामेछाप (फोनिज) को अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । बिहिबार भएको फोनिज रामेछापको चौंथो जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षमा ९ पदाधिकारी गठन भएको हो ।

 

 

 जिल्लामा लामो समयदेखि पत्रकारीता क्षेत्रमा सक्रिया श्रेष्ठ राष्ट्रिय स्तरमा माउन्टेन् टेलिभिजनमा र राजधानी दैनिक पत्रिकामा आबद्ध छन् भने जिल्लामा एक अन्लाईन र एक साप्तहिक पत्रिकामा आबद्ध भएर काम गर्दै आएका छन् । यसअगाडि फोनिजको कोषाध्यक्ष रहेका श्रेष्ठ अध्यक्ष बनेका हुन् ।

 

त्यस्तै संस्थाको उपाध्यक्षमा निरोज श्रेष्ठ चयन भएका छन् भने सचिवमा शान्ता श्रेष्ठ चयन भएकी छन् । जिल्ला सदरमुकाम मन्थलीमा भएको एक कार्यक्रमकाबीच फोनिजको सह–सचिवमा दिपक लामा र कोषाध्यक्षमा सम्बर बहादुर हायु ‘प्रशान्त’ चयन छन् । उनीहरु जिल्लाका रेडियोहरुमा आबद्ध बएर काम गर्दै आएका छन् । 

 


त्यस्तै रमेश तामाङ, रीता मगर, स्वतन्त्र मोक्तान र कर्मरिन्जी शेर्पा फोनिजको सदस्यमा निर्वाचित भएका छन् । फोनिजले जिल्लाबाट चार जनालाई केन्द्रीय पार्षदमा सिफारिस समेत गरेको छ । जसमा सुमित श्रेष्ठ, युनिक विफा घिसिङ, नवराज श्रेष्ठ र अनिता थापामगर रहेका छन् भने प्रदेश पार्षदमा युवराज श्रेष्ठ, नवराज श्रेष्ठ र निशा मोक्तानलाई सिफारिस गरेको छ ।