प्रथम रामेछाप फुटबल लिग २०७८ सुरुः राखेप सचिव घिसिङ्ले गरे उत्घाटन (फोटोफिचर)

| मंसिर २३, २०७८ बिहिबार

फोटो मिलन घिमिरे रामेछाप टाइम्स
A A A
A A A

२३ मंसिर, रामेछाप । रामेछापमा आज बिहिबारदेखि प्रथम रामेछाप फुटबल लिग २०७८ सुरु भएको छ । सदरमुकाम मन्थली स्थित हाटेचौर खेलमैदानमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले खेलको उद्घान गरेका हुन् । उनी सदस्य सचिवमा नियुक्त भएपछि पहिलो पटक जिल्ला आएका हुन् ।

 

रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा आउदो २५ गते शनिबारसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । 


जिल्लामा अखिल नेपाल फुटबाल संघ (एन्फा)को शाखा विस्तारको लागि भूमिका खेल्नको सो प्रतियोगिता आयोजना गरेको संघका जिल्ला अध्यक्ष सुन्दर घिमिरेले बताए । उनले खेलमा सहभागी भएर रामेछाप जिल्लाको खेदकुद क्षेत्रको विकासको लागि र एन्फामा जोडिनको लागि महत्पूर्ण योगदान गरेको गर्न सबैलाई अनुरोध गरे । उनले सो प्रतियोगिता सफल पर्न सबैलाई अपिले गरे । 

 


खेल सानिमदौको खेलमैदान र हाटेचौर खेलमैदानमा खेलाईने छ । पर्सीसम्म चल्ने प्रतियोगितामा जिल्लाभित्रका विभिन्न कल्बहरुको उत्साहजनक सहभागिता रहेको छ । 


प्रथम हुनेले नगद एक लाख पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलमा द्वितिय हुनेले ७५ हजार, तृतिय हुनेले ५० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाप्त गर्ने आयोजकले जनाएको छ । साथै सान्त्वना हुने टिमले नगद २० हजार प्राप्त गर्ने र उत्कृष्ठ र अनुसाशित खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको जानकारी दिएको छ । 


खेलमा सहभागी हुनको लागि रामेछाप खेलकुद विकास समितिमा कल्बहरु आबद्ध भएको हुनु पर्ने बताइएको छ । 


८ आज खेल भएका छन् । जसमा दुई खेल मैदानमा ४-४ खेलाइएको हो ।