‘खेलकुद क्षेत्रमा अर्को कुलमान घिसिङ्को रुपमा काम गर्ने छु’-राखेप सचिव घिसिङ (भिडिओसहित)

| मंसिर २४, २०७८ शुक्रबार

A A A
A A A

२४ मंसिर,रामेछाप । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाई घिसिङले रामेछापमा अर्को एक घिसिङले देशभरी चिनाउने गरि खेलकुदर क्षेत्र काम गर्ने बताएका छन् । उनले भने 'मेरो पूरै किलो ज्यान दिएर खेल क्षेत्रको विकासको लागि काम गर्दछु । देशैभरी लोडसेडिङ भैरहेको तत्कालिन अवस्थामा कुलमान घिसिङले देशलाई अध्यारोबाट मुक्त बनाउनको लागि कुलमान घिसिङले माथि उठाएको प्रशंग सुनाउदै मलाई विश्वस गरेर रामेछापलाई खेलकुद क्षेत्रको व्यथितिलाई समाधान गर्ने अवसर दिएको छ । म त्यो दिलोज्या दिएर पूरा गर्दछु ।'


 रामेछाप जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजना गरेको प्रथम रामेछाप फुटबल लिग उद्घाटन गर्दै बिहिबार सदरमुकम मन्थलीमा घिसिङले यहाँको प्राकृति स्रोत साधनलाई अधिकतम प्रयोग गरेर लिखु र तामाकोशी नदीमा पानीसँग सम्बन्धित खेलको विकासको लागि काम गर्ने बताए । 


उनले जिल्लाको गुम्देलदेखि, गौश्वरा,डडुवा र शैलुङका विभिन्न ठाउँमा हिउँमा खेल आयोजना गर्ने सम्भावनालाई अगाडि बढाउने प्रतिबद्धता जनाए । 

 

उनले रामेछाप कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी भूमि भएको उल्लेख गर्दै रामेछापका सपुतहरुले देश विकासमा ठूलो योगदान रहेको जिकिर गरे । 

 

राखेपा सदस्य सचिव भएपछि पहिलो पकट जिल्ला आएका घिसिङ्लाई खेलकुद विकास समिति रामेछापसहित विभिन्न संघस्थाहरु बधाई तथा सम्मान व्यक्त गरेका थिए ।