माओवादी केन्द्रको केन्द्रीय विभागमा रामेछापबाट ११ जना परे: को-को ले कुम विभाग पाए ?

| मंसिर २५, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२५ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय विभागमा रामेछापबाट ११ जना परेका छन् । रामेछापबाट प्रतिनिधित्व गर्ने ११ जना केन्द्रीय विभिन्न विभागमा परेका हुन् ।

 

जनमा पेमा लामा कानुन, न्याय तथा मानव अधिकार विभाग, शिव कुमार कार्की निर्वाचन विभाग, केदार नाथ गौतम भौतिक पूर्वाधार तथा यातायात विभाग, शिवप्रसाद चौलागाई र मनोज केसी भौतिक पूर्वाधार तथा यातायात विभाग, कृपासिंह तामाङ उर्जा विभाग, कमान सिं तामाङ स्थानीय तह विभाग, श्याम नारायण श्रेष्ठ विपद् व्यवस्थापन विभाग,राम कुमार लामा नीति अनुसन्धान प्रतिष्ठान, दीपक तामाङ श्रम तथा रोजगार विभाग र केशर कालिकोट साहित्य कला तथा संस्कृति विभागमा परेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जारी गरेको विवरणमा उल्लेख छ । 
माओवादी केन्द्रले केही दिन अगाडि ३५ वटा केन्द्रीय विभाग गठन गरेको थियो ।

 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बनेका छन्।

को-को परे हेर्नुहोस्