प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा रामेछापबाट पथिक,घिसिङ् र महत

| मंसिर २६, २०७८ आइतबार

फाइल
A A A
A A A

२६ मंसिर,रामेछाप । रामेछापबाट तीन जना प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य बनेका छन् । 

 


एमाले निकट पत्रकार संगठन चौतारीबाट उनीहरु तीन जनाको नाम परेको हो । 

 

शनिबार पत्रकार नवराज पथिक युनिक  विफा घिसिङ र यसिमा महत  केन्द्रीय सदस्य चयन भएका हुन् । जसमा घिसिङ प्रेस चौतारीका जिल्ला अध्यक्ष समेत रहेका छन् । भने पथिक नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हुन् ।

 

उनीहरु दुबै जना जिल्लामा रेडियो ईनर्जीमा आबद्ध रहेका छन् ।