रुसी खोपलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

| बैशाख ८, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

८ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको रुसी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

 

औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपत्कालीन प्रयोगको अनुमति पाएर अहिले त्यसको प्रयोग भइरहेको छ ।