रामेछापको फुलासीमा झ्यालबाट पसेर नगद पैसा, रिचार्ज कार्डसहितका सामाग्री चोर्ने दोलखाका दुई बालक पक्राउ

| मंसिर २७, २०७८ सोमबार

सांकेतीक तस्विर
A A A
A A A

२७ मंसिर,रामेछाप । रामेछापको फुलासीमा मध्यरातमा पसल चोर्ने दोलखा  मेलुङ गाउँपालिका अन्दाजी १६/१७ वर्षीय दुई जना पक्राउ परेका छन् । उनीहरु दुबै जना मन्थली नगरपालिका वडा १३ बाटै  पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 


उनीहरुले गत २४ गते शुक्रबार मन्थली नगरपालिका वडा नं १३ फुलासी साविक फुलासी गा.वि.स.१ स्थित साँखे बस्ने शुक्रबहादुर मगरको पसल चोरी गरेका थिए । 


बन्द गरेको पसलमा शुक्रबार मध्यराति ११ स ५० बजे जस्ता फुटाई झ्यालको छिस्किन खोली झ्याल तर्फबाट पसेर नगदसहित धनमाल तथा रिचार्ज कार्ड चोरेका थिए । 


उनीहरुको नाम सार्वजिक गरिएको छैन् । पक्राउ परेका दुई जनामाथि जिल्ला अदालत रामेछापबाट डाँका मुद्वामा कानूनको विवादमा परेका बालकहरुलाई ५ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।