रामेछापबाट टंकघिसिङ् र मोक्तानसहित बाग्मती प्रदेश कमिटीमा १५ जनाः को को हुन् (नामावलीसहित)

| मंसिर २७, २०७८ सोमबार

फाइल टंकलाल घिसिङ र मैन कुमार मोक्तान ‘मदन’,
A A A
A A A

२७ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाग्मती प्रदेश कमिटीमा रामेछापबाट १५ सहित २७५ जना सर्वसम्मत निर्वाचित भएका छन् । 


बागमती प्रदेशको प्रथम प्रदेश सम्मेलनबाट सर्वसम्मत रूपमा २७५ जनाको प्रदेश समितिलाई निर्वाचित भएका हुन् । गत शनिबार माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले एकैसाथ काठमाडौंबाट प्रदेश सम्मेलन उत्घाटन गरेका थिए । साथै सोमबार बिहान ‘प्रचण्ड’ले प्रदेशका निर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका छन् । 

 


रामेछापबाट जिल्ला पार्टी अध्यक्ष मैन कुमार मोक्तान ‘मदन’, कमान सिङ मोक्तान ‘मिलन’, डिल्लीमान तामाङ, तारानाराण श्रेष्ठ,‘बिगुल’, टकलाल घिसिङ ‘टलक’, प्रेमकुमार कार्की ‘सेबक’, शकर बोहोरा ‘निर्मल’, पेमा लामा, शिशिर खड्गी, हेमन्त पौडेल ‘गौरब’, मदन कालिकोटे, गङ्गा बुढाथोकी, लक्ष्मी गुरुङ, सरिता रसाइली र सुनिता गौतम प्रदेश कमिटीमा निर्विरोध निर्वाचित् भएका हुन् ।