एमाले रामेछापको जिल्ला इन्चार्जमा कैलाश ढुङ्गेल

| मंसिर २८, २०७८ मंगलबार

फाइल
A A A
A A A

२८ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको जिल्ला इन्चार्जमा कैलाश ढुङ्गेल चयन भएका छन् ।

 

नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकबाट ढुङ्गेललाई जिल्ला इन्चार्जमा सर्वसहमत चयन गरेको हो ।  

 

बाग्मती प्रदेशको पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका ढुङ्गेल केपी ओलीका विश्वासको पात्र मानिन्छन् । 

 

एमाले केन्द्रीय कमिटी बैठकले सातै प्रदेशका अध्यक्ष समेत डुङ्गो लगाएको छ । त्यस्तै पोलिट्ब्यूरो, स्थायी कमिटी गठन, जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको थियो । 

 

उनी एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा  सर्वसहमतिले चयन भएका थिए ।