एमसीसी खारेजीको प्रर्दशनमा प्रहरीको लाठीचार्जबाट रामेछापका युवक सख्त घाइते

| मंसिर २८, २०७८ मंगलबार

गणेश बहादुर खड्गी (गगन)
A A A
A A A

२८ मंसिर,रामेछाप । आज मंगलबार भएको अमेरीकी परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोध प्रर्दशनमा रामेछापका एक युवक सशक्त घाइते भएका छन् । उनी प्रहरीको कुटाइबाट सख्त घाइते भएका हुन् ।

 

आज (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको थियो । 

 

 

नयाँ बानेश्वरको पानी ट्यांकी नजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो । प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका थिए । सो क्रममा प्रर्दशनमा सहभागी रामेछापका नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला ईन्चार्ज गणेश बहादुर खड्गी (गगन) प्रहरीको निर्घात कुटाइबाट सख्त घाइते भएका हुन् । 

 

‘गगन’ निर्घात कुट्पीट भएपछि पार्टीले गगन उपचार निशूःल्क गर्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेको छ ।