‘कृषि ज्ञान केन्द्र किसानको साथि हो, किसानकै हितमा मात्रै काम गर्छौं, उत्पादन र उत्पादकत्व वृद्धि गर्छौं’–प्रमुख गुरुङ् (भिडिओसहित)

| मंसिर २९, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२९ मंसिर,रामेछाप । कृषि ज्ञान केन्द्र रामेछापले कृषकहरुको हितमा महत्वपूर्ण काम गरेको दाबी गरेको छ । ज्ञान केन्द्रले उत्पादन र उत्पादकत्व वृद्धिको लागि काम गर्दै आएको केन्द्रकी प्रमुख निर्मला गुरुङ्ले बताइन् । उनी भन्छिन् ‘हामीले उत्पादन र उत्पादकत्व वृद्धिको लागि काम गर्दै आएका छौं । कृषकलाई कसरी बढी भन्दा बढी राम्रो सेवा दिने, अनुदान दिने, यान्त्रिकिकरणमा जोड्ने भन्ने बारेमा हाम्रो कार्यक्रम जारी छ । हामी उन्नत प्रवृदीलाई बढवा दिन्छौं । तालिम संचालन गर्छौं ।’ उनले ज्ञान केन्द्र किसानको साथि हो भनिन् । हामी किसानकै लागि काम गर्छौं ।'

निर्मला गुरुङ् 
कृषि ज्ञान केन्द्रले रामेछाप र दोलखा जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको छ । दुई जिल्ला हेर्ने गरि कार्यालय रामेछापका रहेको छ । जिवन निर्वाहमूखी कृषि प्रणालीलाई उत्पादन मूखी प्रणालीमा वृद्धि गर्नु केन्द्रको लक्ष्य रेहको सुनाउछिन् प्रमुख गुरुङ् । 

 

किवी, लहरे आँप, नगदेबालीहरु, आलु, अलैची, ड्रगन फुड्खे सहितका बालिनालीलाई प्रोत्साहन गर्दै आएको उनले सुनाइन् । 

 

मंगलबार मानवअधिकारी संजाल रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख गुरुङ्ले सम्रग दुई जिल्लाका किसानहरुको हितमा काम गर्दै आएको बताइन् । प्रदेश सरकारको १२ करोड र संघीय सशर्त कार्यक्रम गरि कूल १५ करोड बराबरको वार्षिक कार्यक्रम संचालन गर्दै आएको बताउदै गुरुङले जिल्लाका आठ वटा स्थानीय तहमा विभिन्न पकेट अन्तर्गतका कार्यक्रम संचालन भइरेको सुनाइन् । 

 

आफूहरु सधै किसानको हितको लागि काम गर्न तत्पर रहेको र काम गरि रहेको उनको जिकिर छ । 

 

चालु आर्थिक वर्षमा समावेश भएका कामको बारेमा ब्रिफिङ् गर्दै गुरुङ्ले किसानहरुलाई कसरी धेरै फाइदा दिन सकिन्छ भन्ने बारेमा आफूहरुको ध्यान केन्द्रीत भएको र त्यसको लागि , लागि परेको जानकारी दिइन् । ‘हामी किसानलाई धेरै भन्दा धेरै सहयोग गर्ने पक्षमै छौं । किसानकै हितमा काम गर्छौं ।’

 

उनले ४४ वटा योजना चालु वर्षमा काम गर्नको आवेदन माग भैआएकाले अगाडि बढेको सुनाइन् ।

स्रोत कृषि ज्ञान केन्द्रः रामेछाप  

उनले रामेछाप जिल्ला मासु, अण्डा र दूधमा आत्मनिर्भर भएको भन्दै आगामी दिनमा जिल्लामा उत्पादन हुने वस्तुहरुको तथ्याङ्क संकलन गर्ने बताइन् । ‘हामी अब स्थानीय सरकारहरुसंग समन्वय गरेर आधारभूत तहको तथ्याङ्क संकलन गर्नेछौं । त्यसको लागि ३ लाख बजेटको व्यवस्था पनि भएको छ । अहिले तथ्याङ्क नहुदा पहिलो पकट आधारभूत तहको तथ्याङ्क संकलन गर्दैछौं । यसले जिल्लाको उत्पादनको तथ्याङ्क पुष्टि हुने आधार तय हुनेछ ।’
भिडिओ हेर्नुहोस्