भारतमा एकै दिन थपिए करिब ३ लाख कोरोना संक्रमित : २ हजार २० जनाको मृत्यु

| बैशाख ८, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

८ वैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमण दरमा  दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ। पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्। यो संख्या विश्वकै सबैभन्दा बढी हो। सोही अवधिमा २ हजार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५९ हजार १७० जनामा संक्रमण देखिएको थियो भने १ हजार ७६९ जनाको मृत्यु भएको थियो।

 

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ। १ लाख ८२ हजारको मृत्यु नै भइसकेको छ।