खिम्तीमा बिकाश श्रेष्ठको अध्यक्षतामा एकिकृत समाजवादीको २५ सदस्यीय कमिटी गठनः निर्वाचित वडा सदस्य एमाले त्यागेर प्रवेश

| पुस २, २०७८ शुक्रबार

फाइल
A A A
A A A

२ पुष,रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एकिकृत समाजवादी) पार्टी (एस) ले रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा बिकाश श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । 

 

आज शुक्रबार श्रेष्ठको अध्यक्षतामा वडा कमिटी गठन गरेको एसका जिल्ला सचिवालय सदस्य नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार वडा कमिटीको उपाध्यक्षमा डम्बर मगरले जिम्मेवारी पाएका छन् । 

 

त्यस्तै सचिवमा शम्भुबहादुर कार्कीले जिम्मेवारी पाएका छन् भने उपसचिवमा भद्रमाया मगर र तिलकबहादुर थापा चयन भएका छन् । साथै कमिटी गठन कार्यक्रममा २०५४ सालमा निर्वाचित वडा कमिटी सदस्य खरिमाया मगर एमाले पार्टी परित्याग गर्दै एस प्रवेश गरेकी छन् । 


आउदो पुष १५ गतेभित्र जिल्लाका ६४ वटै वडामा वडा कमिटी गठन गरिसक्ने निर्णय गरेको (एस) ले वडा कमिटी गठनलाई तिब्रता दिएको छ । यसअगाडि मंसिर १५ भित्र वडा कमिटी गठन सक्ने निर्णय गरेको (एस)ले सो समयमा कमिटी गठन नसकेपछि समय थप गरेर पुष १५ पुर्याएको छ । 

 

मंसिर ३० भित्र आठ वटै पालिकाको पालिका कमिटी गठन गरिसक्ने निर्णय गरेको (एस)ले पुष ३० सम्म समय थप गरेको छ ।

 

‘पार्टीका प्रभावशाली नेता देवशंकर पौडेलसहित जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतको कार्यव्यस्तताको कारणले समय थप गरिएको एस रामेछापका’ सचिव लालसिं घिसिङं भन्छन्