नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा रामेछापका जिवन कार्की बिजयी

| पुस ४, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

४ पुष,रामेछाप । नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा रामेछापका जिवन कार्की बिजयी भएका छन् । पोखरामा भएको नेपाल जेसिजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षमा कार्की ९ सय ७१ मत प्राप्त गर्दै बिजयी भएका हुन् । कूल १२ सय ६८ मत खसेकोमा कार्कीले ९ सय ७१ मत पाएका हुन् । 

 

१२ उपाध्यक्ष पदको लागि १९ जनाले प्रतिस्पर्धी गरेका थिए । जसमा रामेछापका कार्की दोस्रो मत ल्याएर बिजयी भएका हुन् ।  सबै भन्दा धेरै कुमार सिंहले ९ सय ८० मत प्राप्त गर्दै महिलो मत ल्याउन सफल भएका थिए भने रामेछापका कार्कीले ९ सय ७१ मत ल्याएर धेरै मत ल्याउनेमा दोस्रो बनेका छन् । कार्की रामेछाप जेसिज २०२१ को जिल्ला अध्यक्ष समेत हुन् । 


कूल १२ पदका लागि भएको निर्वाचनमा कार्की दोस्रो बनेको जेसिज रामेछापका उपाध्यक्ष बिमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार रामेछाप जेसिजको ७ जनाले राष्ट्रिय महाधिवेशनमा भोट हालेका थिए । शनिबार अपरान्ह ४ बजेदेखि भएको मतदान राति सकिएको थियो । लगत्तै मतगणा भएको थियो ।

 

नेपाल जेसिजको अध्यक्षमा भने लालमणी भण्डारी, कार्यकारी उपाध्यक्षमा जेसी दिपेन्द्र निरौला, सुनिल तिमल्सिना, रमाकुमारी प्याकुरेल र अनिलबहादुर शाही बिजयी भएका हुुन् । 

 

विभिन्न सामाजिक क्षेत्रमा सक्रिया कार्की राजनीतिक क्षेत्रमा समेत अब्बल छन् । जेसिज राष्ट्रिय उपाध्यक्षमा रामेछापबाट पहिलो पटक उपाध्यक्ष बन्न सफल कार्की जेसिजका विभिन्न तालिम 'टेनर'को समेत काम गरिसकेका छन् ।