वडाले खेलकुद क्षेत्रको बजेट अन्य शिर्षकमा खर्च गर्ने भएपछि बाम्तिका आमयुवा आक्रोशितः वडालाई दिए यस्तो चेतानवी (भिडिओसहित)

| पुस ३, २०७८ शनिबार

तस्विरः जिवन घताने/ रामेछाप टाइम्स ।
A A A
A A A

३ पुष, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारका युवाहरु खेलकुद क्षेत्रको बजेट अन्य शिर्षकमा खर्च गरिएको भन्दै आक्रोशित भएका छन् । उनीहरु सो बजेट खेलकुद क्षेत्रमै खर्च गर्न भन्दै ज्ञापन पत्र समेत बुझाएका छन् । यदि त्यसो नगरेको खण्डमा आफूहरु जुनसुकै कदम चाल्ने समेत उनीहरुले चेतावनी दिएका छन् । 

 

चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा पालिकाले वडा नं २ को खेलकुद क्षेत्रको लागि ४ लाख बजेट बिनियोजन गरेको थियो । तर, वडाले भने सो रकमको शिर्षक स्थानतरण गरेर अन्य शिर्षकमा खर्च गर्ने सूचना प्रकाशन गरेपछि वडाका युवाहरु आक्रोशित भएका हुन् । सूचना प्रकाशनपछि आक्रोशित युवाहरुको समूहले शुक्रबार वडा कार्यालयमा पुगेरै वडा अध्यक्ष खम्बधोज बस्नेतलाई ज्ञापन पत्र बुझाउदै निर्णय तत्काल सच्याउन माग गरेका छन् । 

भिडिओ हेर्नुहोस्

 

उनीहरुले सो निर्णयले वडाका आमयुवाहरुको विश्वासमा ठेस् पुगेको भन्दै निर्णय सच्याएर सो बजेट खेलकुद क्षेत्रमै ल्याउन आग्रह गरेका छन् । 


उक्त निर्णय तत्काल सच्याएर सो बजेट खेलकुद क्षेत्रमै फर्काएर सूचना प्रकाशन गर्न गर्न हामी माग गर्दछौं जारी ज्ञापनपत्र लेखिएको छ । साथै त्यसो नगरेको खण्डमा आफूहरु जस्तो सुकैकदम चाल्न सक्ने भएकाले त्यसको जिम्मेवारी वडा कार्यालय हुनेछ पत्रमा उल्लेख छ । 

विज्ञप्ति हेर्नुहोस्