‘रामेछापको ठोसेमा रहेको फलाम खानी संचालनमा ल्याउन वाणिज्य महासंघ तयार छ’-उपाध्यक्ष ढकाल

| पुस ३, २०७८ शनिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

३ पुष, रामेछाप । नेपाल उदयोग वाणिज्य महासंघका कार्यकारी वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उत्पादनशिल क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका छन् । उनले अब निजी क्षेत्रले उत्पादन मूखी व्यवसाय गर्न अग्रसर रहेको दोहोर्याए ।

 

रामेछाप उद्योग वाणिज्य संघ, रामेछापको १३ औं वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै कार्यकारी उपाध्यक्ष ढकालले भने ‘नाफालाई मात्रै अगाडि बढाउने सिद्धान्तलाई लिएर हिडिरहेको अवस्थालाई नयाँ ढाँचाले अगाडि बढाउन लागेका छौं । बाहिरबाट आयातमा मात्रै निर्भर व्यवसाय संचालन भैरेहेको छ । अब त्यो बाटोलाई हामी उत्पादनशिल क्षेत्रमा लगानी बढाउछौं ।’

 
उनले कृषि क्षेत्र निकै पछिपरेको भन्दै स्थानीय सरकारहरुले कृषि क्षेत्रलाई अगाडि बढाउन आग्रह गरे । 

 

उनले तीनै तहका सरकारहरुले निजी क्षेत्रलाई अगाडि बढाउनको लागि सहयोग गर्नु पर्नेमा जोड् दिए । महासंघको केन्द्रीय कार्यकारी उपाध्यक्ष बनेपछि पहिलो पटक रामेछाप आएका ढकालले रामेछापमा रहेका विभिन्न खाँनीहरु (फलाम) अगाडि बढाउन तयार रहेको बताए । 

 

उनले रामेछापको ठोसेको फलाम खानीलाई अगाडि बढाउनको लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्दै खानी संचालनमा ल्याउने प्रतिबद्धता जनाए ।  ‘तपाईहरु काम गर्नको लागि सहयोग गर्नुहोस् हामी लगानी भित्र्याउछौं ।’ 

 

‘ढकालले यहाँको ठूलो फलाम खाँनीलाई संचालको लागि मिलेर आउनूहोस्, हामी त्यसको लागि लगानी गर्न तयार छौं । केन्द्र सरकारले चाहेको खण्डमा देशको विकास गर्न धेरै समय लाग्दैन । सबै मिलेर उधोगहरु संचालन गर्न हामी तयार छौं भने ।’