व्यापारी उपाध्यक्ष ढकाललाई मेयर बस्नेतको प्रश्न– ‘के हाम्रो देशको व्यापार बिदेशबाट ल्याएर मात्रै गर्ने हो’ ?

| पुस ३, २०७८ शनिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

३ पुष,रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले आयात मूखी व्यवसाय भएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । उनले कार्यक्रममा लगाईदिएको मालालाई देखाउदै भने ‘यो फूलमाला पनि भारतबाट आएको छ । हाम्रो नेपालमा उत्पादन किन गर्न नसकिएको चन्द्रजि ? नेपाल उद्योग वाणिज्य संघका कार्यकारी अध्यक्ष चन्द्र ढकाल उपस्थित् कार्यक्रममा बोल्दै व्यवसायीहरुलाई प्रश्न गरे ।


उनले गत साउनदेखि असोजसम्म १६ करोडको तास आयात भएको छ, यो केका लागि ल्याएको ? कात्तिकसम्म २ करोड्को चुईग्म ल्याएको छ । अनि यो देश कसरी अगाडि बड्छ । के हामी नेपालीको जमिनमा यो उत्पादन हुदैन ? हामी फलाउन सक्दैनौं । के बाहिरैबाट मात्रै ल्याएर मात्रै व्यवसाय हुन्छ । यो कुरामा व्यवसायीले गम्भीर रुपमा सोच्नुहोला उनले भने ।’

 
दाल, चामाल, नुनु, तरकारी, फलफूल, जाँड रक्सि सबै–सबै बाहिरैबाट ल्याउने अनि कसरी देश अगाडि बढ्छ भन्दै उनले अबको व्यापार उत्पादनसंग जोडिनु पर्नेमा जोड्दिए । श्रमको सम्मान गर्नु पर्ने भन्दै कृषि, पशुपालन र लघुउद्म संचालन गर्नु पर्छ भने । 

 

उनले देशमा उत्पादन नगर्ने अनि सामान सस्तो खोज्ने भन्दै टिप्पणी गरे । उत्पादनसंग जोड्न व्यवसायीहरुलाई स्थानीय सरकारहरु ÷मन्थली नगरपालिका तयार रहेको बताए । बस्नेतले चालु आर्थिक वर्षमा ब्यवसायीहरुले संचालन गर्न सक्ने योजना लिएर नगरमा आउन आह्वन गरे । सहकारीको बजेट अब कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गरे । 

रामेछाप उद्योग वाणिज्य संघको मायाँको चिनो लिदै नगरप्रमुख रमेशकुमार बस्नेत । तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स


फरक प्रशंगमा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका बस्नेतले देशमा संघीयता धरापमा रहेको बताए । उनले राजनीतिक ब्यक्तिलाई गाली मात्रै गर्ने प्रवितृ विकास भएकाले त्यो आचरणमा परिवर्तन ल्याउनु पर्नेमा जिकिर गरे । 

कार्यक्रम

‘आलोचना मात्रै हैन । अब विकास समृद्धिका निम्ती आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्छ भने ।’ 

 

उनले पर्यटन, उद्योग, कृषिको लागि व्यवसाय गर्नु पर्नेमा जोड् दिए । साथै मन्थली नगरपालिकामा धार्मिक विशेषता बोकेको भन्दै नगरका धार्मिक स्थालहरुको जानकारी दिए ।