लघु घरेलु उद्योगका सभापति डिबी बस्नेतको भन्छन्- ‘ठोसे फलाम खानीः तुरुन्तै अगाडि बढाउनुहोस्, नसक्ने भए हात छोड्दिनुहोस्’

| पुस ३, २०७८ शनिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

३ पुष,रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारी सदस्य एवं लघु घरेलु तथा साना उद्योग विकास समितिका सभापति डिबी बस्नेतले रामेछापको ठोसेमा रहेको फलाम खानीलाई संचालनमा ल्याउन तत्काल पहल गर्न आग्रह माग गरेका छन् । 

 

रामेछापको सदरमुकाम मन्थलीमा भएको रामेछाप उद्योग वाणिज्य महासंघको १३ औं साधारण सभालाई सम्बोधन गर्दै बस्नेतले भने ‘ठोसेमा धेरै ठूलो फलाम खानी छ । त्यसलाई अगाडि बढाउनको लागि म, यहाँका राजनीतिकदल, निजी क्षेत्रमा आबद्ध सबैमा आग्रह गर्दछु ।’


उनले फलाम खानी संचालनमा ल्याउनको लागि रामेछाप उद्योग वाणिज्य संघका सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै फाइल अगाडि बढाउन आग्रह गरे । उनले ‘यो फलाम खानी संचालन गर्नको लागि सबै प्रक्रिया पूरा भएको छ । अब हुन सक्ने भए तुरुन्तै अगाडि बढाउनुहोस्, नसक्ने भएपनि हुदैन भनेर छोड्दिनुहोस् भने ।’

 

फलाम खानी रहेकै ठाउँमा स्थायी घरभएका बस्नेतले यो फलाम खानी रामेछापको विकासको ढोका त्यसलाई खोल्नु पर्छ भने ।  उनले स्थानीय सरकारले पनि त्यसको निम्ती सहयोग गर्ने आग्रह गरे । 


जिल्लाको ठोसेमा फलाम खानी भएको पुष्टि भएको छ भने सम्बन्धित निकायले संचालन गर्न तत्पर्ता नदेखाउदाँ हाल सम्म संचालनमा आउन सकेको छैनन् ।  पकट–पटक सो फलाम खानी संचालनमा आउने भनिए पनि हाल सम्न ठप्प अवस्थामा छ । 

 

राणा प्रधानमन्त्री देव शम्शेरको पालामा ठोसेबाट निकालेको धाउ प्रशोधन गरी स्थानीय विश्वकर्माले आरणमा पिटेर बनाएका पुलका सामानहरु, सिक्रीहरु जोडेर बनाइएका पुल अझै छन् ।  त्यो बेला बनाइएको शिवालय र ठोसेमा फलामको लठ्ठा मात्र बाँकी छन् भने तामाकोशीमा वारपार तर्न सक्ने पुल अझै छ । 


ठोसेमा फूलचोकीपछिको दोस्रो ठूलो ठोसे फलाम खानी रहेको बताइन्छ ।