एकिकृत समाजवादी गोकुलगंगा पालिका कमिटी गठनः पालिका कमिटी, युवा संघ र अनेमसंघका यी हुन् पदाधिकारीहरु (नामावलीसहित)

| पुस ४, २०७८ आइतबार

फाइल
A A A
A A A

४ पुष, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) (एस) ले गोकुलगंगा गाउँपालिकामा ४५ सदस्यीय पालिका कमिटी गठन गरेको छ । पालिकाको अध्यक्षमा चुडामणी घिमिरे चयन भएका छन् । 

 

शनिबार पार्टीका केन्द्रीय पोलिटब्यूरो सदस्य एवं रामेछापका इन्चार्ज देबशङ्कर पौडेलसहितको उपस्थितिमा ४५ सदस्यीय पालिका कमिटी गठन भएको जिल्ला सचिवालय सदस्य नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार पालिकाको उपाध्यक्षमा सरिता कार्की र दलबहादुर खड्का चयन भएका छन् ।

 

त्यस्तै सचिवमा खड्गबहादुर कार्कीले जिम्मेवारी पाएका छन् । जिल्लामा पुष १५ गतेभित्र सबै वडा र पालिका कमिटी गठन गरि सक्ने निर्यण गरेको (एस)ले  हालसम्म दुई पालिका कमिटी गठन सकेको छ । 

सुनापति गाउँपालिकामा यसअगाडिनै कमिटी गठन गरिसकिएको छ । त्यस्तै ३० वडामा वडा कमिटी गठन सकेको जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

यी हुन् पदाधिकारीहरु 

त्यसै गरि (एस) ले पालिका कमिटीसंगै पार्टीको भातृ संगठन युवा संघ नेपाल, पालिका कमिटी पनि गठन गरेको छ । संघको पालिका अध्यक्षमा पासाङ् निमा शेर्पाले जिम्मेवारी पाएका छन् । शेर्पाको अध्यक्षतामा १८ सदस्यीय युवा संगठन गठन गरिएको कार्कीले रामेछाप टाइम्सलाई बताए । 

यी हुन् पदाधिकारीहरु 

 

त्यस्तै पार्टीको पालिकामा अनेम संघ समेत गठन गरेको छ । सोभिता मिजारको अध्यक्षतामा १७ सदस्यीय पालिका कमिटी गठन भएको हो ।  

यी हुन् पदाधिकारीहरु

फोटोहरु हेर्नुहोस्