लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले पाए उच्च अदालतबाट सफाई

| पुस ६, २०७८ मंगलबार

सफाई पाएपछि खुसी साट्दै दाहाल र बोहोरा, तस्विर बोहोराको फेस्बुकबाट साभार ।
A A A
A A A

६ पुष,रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा अध्यक्ष सुवास बोहोरा निर्दोष सावित भएका छन् । उपाध्यक्ष दाहाल र वडा नं ७ का अध्यक्ष बोहोरालाई सोमबार उच्च अदालत पाटनले सफाई दिएको हो । 

 


यसअगाडि गत बैशाख ९ गते जिल्ला अदालत काठमाण्डौका जिल्ला न्याधिश रामचन्द्र पौडेलको इजलासले उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई एक–एक वर्ष कैद र १०–१० हजार नगद जरिवानाको फैसला गरेको थियो । 

 

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दा खड्कालाई ‘मिलन’ भनिने लोप्साङ लामा र अमृत तामाङ्ले भनेजती चन्दा नदिए ज्यानमार्ने धम्की दिएर २ करोड रकम मागेका थिए । 

 

खड्काले गृहमन्त्रालय सहितका सुरक्षा निकायमा पुगेर उनीहरुलाई पक्राउ गर्न भनेपछि प्रहरीले गोली हानी दुई जनालाई पक्राउ गरेको थियो । 

 

गोली लोप्साङ्को खुट्टामा लागेको थियो । पक्राउ परेका दुई जनामाथि अनुसन्धान गर्दा पालिकाकी उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराको नाम जोडिएको थियो । सो मुद्दामा उनीहरु मुछिएका थिए । तर, उक्त मुद्दा बिरुद्ध फैसला गर्दै दाहाल र बोहोराले सपाई पाएका हुन् ।

 

बोहोरा एमाले पालिका सचिव समेत हुन् । बोहोराले आफूहरुको जित्ले सत्य डग्दैन झुट्ठा टिक्दैन भन्ने प्रमाणित् भएको बताएका छन् ।