बाग्मती प्रदेशभरिका आदिवासी जनजाती पत्रकार रामेछापमा

| पुस ६, २०७८ मंगलबार

फाइल
A A A
A A A

६ पुष, रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाग्मती प्रदेशभरिका प्रकार रामेछापको सदरमुकाम मन्थलीमा भेला भएका छन् । उनीहरु सोमबार आएका हुन् ।

 

बाग्मती प्रदेश समिति (नेवा–ताम्सालिङ) समेत नाम दिएको कार्यक्रम एवं महासंघको छैटौं बैठकमा सहभागी हुन १३ जिल्ला भरीका जनजाती पत्रकार रामेछाप आएका हुन् । (फोनिज) बाग्मती प्रदेश कार्यसमितिको आयोजनामा आयोजित उक्त कार्यक्रम सोमबार र मंगलबार संचालन हुने कार्यक्रमको समन्वय गरिरहेको (फोनिज) रामेछाप शाखाले जनाएको छ ।

यो भेलाले प्रदेशको नयाँ कार्यसमिति गठनको लागि पूर्वतयारी स्वरुप छलफल गर्ने बताइएको छ ।  प्रदेश कार्यसमितिको अध्यक्षमा रामेछापका युवराज श्रेष्ठसहितका पत्रकारहरु दौड्मा छन् । उनी हाल संस्थाको उपाध्यक्ष रहेका छन् । सर्वसहमतिमै समिति गठन गर्ने वातावरण तयार गर्न यो भेलाले भूमिका खेल्न बताइएको छ ।

 

बैठकमा कार्यसमितिका पदाधिकारीहरु,सदस्यहरु,फोनिज १३ जिल्लाका अध्यक्षहरु र अन्य पत्रकारहरु सहित ४५ जनाको सहभागिता रहेको (फोनिज)  प्रदेश उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

 


फोनिज रामेछापले यसअगाडिनै कुमार श्रेष्ठको नेतृत्वमा ९ कार्यसमिति गठन गरि सकेको छ ।