सफाई पाएपछि उपाध्यक्ष दाहाल कममा फर्किन-भन्छिन् ‘झुट्टो मुद्दा लगाएमा न्याय पाइदो रहेछ’

| पुस ६, २०७८ मंगलबार

फाइल
A A A
A A A

६ पुष,रामेछाप । उच्च अदालत पाटनबाट पूर्ण सफाई पाएका लिखु तामाकोशी गाउँपालिकाका उपाध्यक्ष नियमित काममा फर्किएकी छन् ।  सोमबार उच्च अदालत पाटनले निर्दोष सावित गरेको हो । लगत्तै आजैदेखि काम गर्न थालेका हुन् । 

 

सोही पालिकाका अध्यक्ष गोविन्दा खड्कासंग ‘मिलन’ भनिने लोप्साङ लामा र अमृत तामाङ्ले २ करोड चन्दा मागेका थिए । सो रकम मागेको बन्दै खड्काले गृहमन्त्रालय सहितका सुरक्षा निकायमा पुगेर लामा र तामाङ्लाई पक्राउ गर्न भनेपछि प्रहरीले गोली हानी दुवै जनालाई पक्राउ गरेको थियो । 

 


पक्राउ परेका दुई जनामाथि प्रहरी अनुसन्धानमा दाहाल र बोहोराको नाम जोडिएपछि उनीहरु बिरुद्ध मुद्दा दायर भएको थियो । सोही मुद्दामा उनीहरुलाई काठमाडौं जिल्ला अदालतले गत बैशाख ९ गते एक–एक वर्ष कैद र १०–१० हजार नगद जरिवानाको फैसला गरेको थियो । 

 


त्यसपछि जिल्ला अदालतले आफूहरुमाथि अन्याय गरेको भन्दै दाहाल र बोहोराले असार १४ गते उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले दाहाल र बोहोरालाई तारिकमा काम गर्न पठाएका थियो । उनीहरु तारिक बोकेरै वडामा काम गर्दै आएका थिए । तर, आजदेखि भने उनीहरु विना तारिकनै काम गर्ने थालेको उपाध्यक्ष दाहालले रामेछाप टाइम्सलाई जानकारी दिइन् । 

 

उनले भनिन् ‘म पालिका जाँदै छु, हामी धरौटिमै काम गर्दै आएका थियौं । अब निर्दोष सावित भयौं । हामीलाई झुटो मुद्दा लगाएको थियो । झुटो मुद्दामा दुःख दिइरहेको थियो । त्यस्ता मुद्दामाथि जित हुने रहेछ भन्ने प्रमाणित् भएको छ ।’