‘गैरसरकारी क्षेत्रमा लाग्ने व्यक्ति राजनीतिमा लाग्नु आवश्यक छ’- केन्द्रीय सदस्य घिसिङ् (भिडिओसहित)

| पुस ६, २०७८ मंगलबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

६ पुष, रामेछाप । गैरसरकारी संस्था महासंघ (गैसस) केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका ईन्चार्ज मिलन घिसिङ्ले राजनीतिलाई निजी क्षेत्रमा लागेका व्यक्तहरुले सुधार गर्दै लैजानू पर्ने बताएका छन् । रामेछापको (गैसस) को विकासको लागि आफूले आवश्यकता र (गैसस) क्षेत्रमा लागेकाहरुको मागको आधरमा काम गर्ने उनले प्रतिबद्धता जनाए । उनले ‘भने गैरसरकारी संस्था, मावनअधिकारकर्मी, अधिकारकर्मीहरु विशुद्ध फरक–फरक मानिसहरु हुनु पर्ने कुरा आउछ । त्यो हैन, राजनीतिलाई (गैसस)मा लागेकै व्यक्तिहरुले (गैसस) मा सिकेका राम्रा कुरालाई त्यहाँ लगेर लागू गर्ने अनि सुधार गर्दै जानु पर्छ । राम्रो कुराको प्रयोग भएमा त्यसले सबैको हित गर्छ । हामीले जे–जे गरेपनि राजनीतिकर्ताले त्यो स्वीकार गरेनन् भने काम गर्न नसकिने भएकाले हाम्रो भूमिका दुवै ठाउँमा ब्यालेन्स’मा राख्नु पर्छ । त्यो आजको आवश्यकता हो ।’


 
भर्खरै बाग्मती प्रदेशको (गैसस) महासंघको प्रदेश ईन्चार्ज एवं केन्द्रीय सदस्य भएका घिसिङ्लाई बधाई दिन मानवअधिकार संजाल रामेछापले आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिसिङ्ले नराम्रा कुरालाई सुधारदै जानु पर्नेमा जोड् दिए । 

 

उनले (गैसस) महासंघ, महासंघहरुको पनि महासंघ भएको उल्लेख गर्दै सबै मिलेर अगाडि बढ्नु पर्ने बताए । उनले  भने ‘गैसस महासंघ, महासंघहरुको पनि महासंघ हो । यहाँ पत्रकार महासंघ, व्यवसायी महासंघसहित सबै महासंघ कामको समन्वयमा आउने हुदाँ सबै मिलेर काम गर्दै आएका छौं ।’ गैससकाकर्मी राजनीतिमा मिसिनु राम्रो हुने उनले बताए । 

 

एक कार्यकाल (गैसस)को केन्द्रीय सदस्य बनिसकेका घिसिङ्ले पहिलो कार्यकालमा कोरोना महामारीले राम्रो काम गर्न नसकेको भन्दै यो पटक गैससको हितमा काम गर्ने आश्वसन दिए । ‘हिजोका दिनबाट पाठ सिकाको छु । यो पटक नयाँ र असल काम गर्ने प्रतिबद्धता जनाउछु । यहाँको माग, आवश्यकता र सुझावको आधारमा केन्द्रमा आफ्नो बोली रहने भन्दै सबैको साथको खाँचो रहेको छ भने ।’ 

 

जिल्लामा सामुदायिक विकास समाज सिडिएस का कार्यकारी निर्देशक घिसिङ्ले गैरसरकारी क्षेत्रले राम्रो काम गर्छ भन्ने छवी बनाएका छन् । 

 

सिडिएसमार्फत यहाँको वातावरण, खानेपानी, ढल, विकास निर्माण, जनचेतना मूलक कार्यक्रम सहित विविध क्षेत्रमा उनले काम गर्दै आएका छन् । कार्यक्रममा जिल्लाबाट प्रदेश ईन्चार्ज सहित केन्द्रीय सदस्य भएकोमा घिसिङ्लाई बधाई दिएको थियो । 
 

भिडिओ हेर्नुहोस्