गुम्देलमा काग्रेस वडा कार्यसमितिले नगदसहित ३२ जना वृद्धवृद्धाहरुलाई सम्मान गर्योः ४५ जना पार्टी प्रवेश (फोटोफिचर)

| पुस ७, २०७८ बुधबार

फाइल
A A A
A A A

७ पुष, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देलमा विभिन्न पार्टी पारित्याग गर्दै ४५ जना कांग्रेस प्रवेश गरेका छन् ।

 

कांग्रेस उमाकुण्ड –१ गुम्देल वडा कार्यसमितिले आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ४५ जना काग्रेस प्रवेश गरेको वडा सभापति ङापेम्बा शेर्पाले जानकारी दिए । 

 

जिल्ला सभापति निर्वाचित् भएपछि पहिलो पटक गुम्देल पुगेका सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) अहिले उमाकुण्ड पालिका वडा भ्रमणमा छन् । सोही कार्यक्रममा वडा भरिका ३२ वृद्धवृद्धाहरुलाई नगद एक हजार र पत्रमाणपत्रसहित सम्मान गरेको तरुण दलका युवा  नेता उपेन्द्र बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए ।