रामेछापमा मतदाता नामावली संकलन जारीः उमाकुण्डमा सबै भन्दा बढी मतदाताले नाम दर्ता गरे (तथ्याङ्कसहित)

| पुस ७, २०७८ बुधबार

तस्विर स्रोतः नवराज श्रेष्ठ
A A A
A A A

०७ पुष, रामेछाप । रामेछाप जिल्लामा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रममा हालसम्म तीन हजार बढीले नाम दर्ता गरेका छन् । जिल्लामा गत मंसिर १७ गतेदेखि पहिलो र २६ गतेदेखि दोस्रो चरण गरि दुई चरणमा नामावली संकलनको काम भैरहेको छ । जसमा बुधबारसम्म जिल्लामा कूल तीन हजार ६१ जनाले नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

 

बुधबार निर्वाचन कार्यालयले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार एक हजार ४ सय ७९ जना महिला र एक हजार ५ सय ८२ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् । यो तथ्याङ्मा जिल्लाभित्र र बाहिरी जिल्लाका व्यक्तिहरुले समेत तथ्याङ्क रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गणेश थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।  


मंगलबार सम्मको तथ्याङ्कमा रामेछाप नगरपालिकामा ४ सय ७७, उमाकुण्ड गाउँपालिकामा एक हजार ८७, खाँडादेवी गाउँपालिकामा २ सय ४१, दोरम्बा शैलुङ्  गाउँपालिकामा ३ सय ८१ मतदाता थपिएका छन् । यसरी नामावली दर्ता गराउनेमा सबै भन्दा धेरै उमाकुण्ड गाउँपालिका रहेको छ । 


त्यस्तै सुनापति गाउँपालिकामा २०१, लिखु तामाकोशी गाउँपालिका १०८ र गोकुलगंगा गाउँपालिकामा ५ सय ६६ जनाले नाम दर्ता गरेका छन् । यी तीन स्थानीय तहमा पर्सी शुक्रबार सम्म नामावली संकलनको काम हुने छ । यो संख्या अझै बढ्ने देखिन्छ । 


जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयबाट समेत नामावली संकलनको काम जारी छ । आउदो निर्वाचनलाई लक्षित् गरेर निर्वाचन कार्यालयले नामावली संकलनको काम भैरहेको छ । 


नामावाली संकलन सकिएको केही दिनपछि जिल्लाको कूल मतदाताको सूख्या सार्वजनिक गर्ने सूचना अधिकारी थापाले बताए । गत मंसिर १८ गतेसम्मको तथ्याङ्कलाई हेर्दा जिल्लामा कूल १ लाख ६७ हजार ३५४ जना मतदाताको संख्या रहेको छ । 

विस्तृतमा विवरण हेर्नुहोस्