मन्थली माविमा अमन भट्टराईको सभापतित्वमा ५१ सदस्यीय नेविसंघ समिति गठन

| पुस ८, २०७८ बिहिबार

तस्विर स्रोत विमल पौडेल
A A A
A A A

०८ पुष, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) मन्थली माद्यामिक विद्यालयमा समिति गठन गरेको छ । आज (बिहिबार) अमन भट्टराईको सभापतित्वमा ५१ सदस्यीय समिति गठन गरेको स्ववियू सचिव बिमल पौडेलले जानकारी दिए । 

 

उनका अनुसार उपाध्यक्षमा प्रज्वल थापा र सबिना थापा चयन भएका छन् । 

तस्विर स्रोतः बिमल पौेडेल

त्यस्तैमा सचिवमा सुशील भट्टराई र प्रबिना श्रेष्ठले जिम्मेवारी पाएका छन् । सह–सचिवमा सन्दीप घिमिरे र स्वतिका खड्काले जिम्मेवरी पाएका छन् । भने कोषाध्यक्ष अनिल कार्की चयन भएका छन् । 

 

पछिल्लो समय जिल्लामाका विभिन्न विद्यालयहरुमा,नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारीसहितका विद्यार्थी संगठनले समिति गठनलाई तिब्र पारेका छन् ।