केन्द्रीय सदस्यमा पराजित नेतृ खड्का भन्छिन्–‘मेरो जित भैसक्यो,अब झन पार्टीमा सक्रिय भएर लाग्ने हिम्मत मिलेको छ’

| पुस ९, २०७८ शुक्रबार

तस्विर फाइल
A A A
A A A

०९, पुष, रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा रामेछापबाट उम्मेदवारी दिएका तीनै जना पराजित भएका छन् । रामेछापबाट प्रतिनिधित्व गर्ने तीनै जनाले छुट्टा–छुट्टै पदका लागि उम्मेद्वरी दर्ता गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएपनि बिजयी भने हुन सकेनन् । 


तत्कालिन संविधानसभाका सदस्य समेत रहेका नेता आङटावा शेर्पाले (जनजाति तर्फ), नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय उपसभापति एवं गत निर्वाचनमा प्रदेशसभा रामेछाप ‘क’ का प्रत्यासी रत्न कार्की (खुल्ला पुरुषतर्फ) र गत निर्वाचनमा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदकी प्रतिस्पर्धी, एवं कांग्रेसकी नेतृ विनिता खड्काले ९खस आर्य महिलातर्फ० बाट उम्मेदवारी दिएका थिए । उनीहरु तीनै जना पराजित बनेका हुन् । 


केन्द्रीय सदस्य बन्ने दौड्मा रहेका उनीहरु सबै पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका थिए । 


रामेछापले हालसम्म केन्द्रमा बलियो प्रतिनिधि नपाएको परिस्थितिलाई ध्यानमा राख्दै आफूले उम्मेदवारी घोषणा गरेपनि पराजित हुनु परेको नेतृ खड्काले रामेछाप टाइम्ससंगको कुराकानीमा बताइन् । उनले भनिन् ‘पार्टी रुपान्तरित हुनु पर्ने धाराणा र आजको आवश्यकता सहित, युवा पंक्तिको मागको आधारमा मैले उम्मेद्वरी दिएका हो । मलाई प्राप्त भएको मतबाट म, धेरै सन्तुष्ट छु । मेरो जित मैले उम्मेदवारी दिएकै दिन भएको छ । त्यो मेरो हिम्मतले बिजयी गराइ सकेको छ । तर, केन्द्रमा जिल्लाका एक जना पनि प्रतिनिधि नआउदा मलाई दुःख लागेको छ । छिमेकी जिल्ला दोलखा र सिन्धुलीले दुई, तीन जना प्रतिनिधि ल्याउँदा रामेछापले एक जना पनि नपाउदा म, दुखित् छु । म, नेतृत्वलाई प्रश्न गर्छु किन रामेछापपछि परेको छ ?’

 

उनले रामेछापको केन्द्रमा पहुँच कम भएको भन्दै त्यो बढाउनको लागि आफूले हिम्मत गरेको जिकिर गरिन् । खड्काले थपिन् ‘म, जित्छुनै भन्ने पूर्ण नहुदै चुनावी मैदानमा उत्रिएकि हुँ । यो महाधिवेशनले मलाई राम्रो सिकाई भएको छ । धेरै युवासाथिहरुले मायाँ गरेरै उम्मेदवारी दिएको हो । २ सय भोट आउछ, भन्ने आशाले चुनावमा लडेको थिए । तर, सोचेभन्दा धेरै आयो । मलाई यो चुनावले देशब्यापी रुपमा चिनायो । प्रत्येक जिल्लाका २-४ जनासंग मेरो चिनजान बढायो । म, त्यसमा धेरै खुसी छु । हारजित ठूलो कुरा हैन उपलब्धि ठूलो हो–उनले भनिन् ।’


 
पार्टीभित्रको प्रतिस्पर्धा आन्तरिक भएको भन्दै त्यो स्वीकार गर्नु पर्ने र अब एक भएर पार्टीलाई अगाडि बढाउनु पर्नेमा उनको जोड् छ । उनले स्वतन्त्र उमेदवारी दिएकी थिइन् ।

 

उनले ४ सय २२ मत पाएकी छन् । खस आर्य महिलातर्फ ६ जना निर्वाचित हुनु पर्नेमा ३१ जनाको उम्मेद्वरी परेको थियो । ‘यो निर्वाचनमा मेरो अंकगणीतमा हार भएपनि सिकाईबाट जित भएको छ’ भनिन् ।

 

‘मैले यो महाधिवेशनबाट २० वर्ष राजनीति गरेर कमाउने अनुभव कमाएको छु । आगामी दिनको लागि पाठ सिकेको छु’ उनले जिकिर गरिन् । 


जिल्लामा पछिल्लो समय उदयमान कांग्रेस नेतृको छवि बनाएकी खडकाले जिल्लाबाट पूर्ण सहयोग प्राप्त गरेको भन्दै प्रतिनिधिहरुलाई धन्यवाद् दिइन् । खड्काले रामेछाप टाइम्संगको कुराकानीमा थपिन् पार्टीको आन्तरिक निर्वाचन भएकाले हार जित हुने भन्दै अब पार्टीमा संगठित रुपमा लाग्ने स्पष्ट पारिन् । 

 

‘अब पार्टी एक भएर अगाडि बढ्नु पर्छ । हिजोको भन्दा आज सक्रिय भएर लाग्छु । हाम्रो लडाई अन्य पार्टीसँग हो । पार्टी भित्रको अन्तर द्वन्द्व त्यागेर एक भएर हिड्नु पर्छ । नजिकिएको स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग यलाएनस् नगरि चुनावी मैदानमा जानु पर्छ । यसरी गए हामी जित्छौं ।’


अब स्थानीय तहको निर्वाचनमा यहाँको उम्मेद्वरी के मा रहने छऽ भन्ने रामेछाप टाइम्सको प्रश्नमा उनले ‘अहिले त्यो भिजन बनाइसेकी छैन । तर, पार्टीले आवश्यक ठानेर दिएको जिम्मेवारी पूरा गर्नको लागि मेरो पूर्ण समर्थन रहने छ । पार्टीलाई बचाउनको लागि वडामै बस् बनेपनि बस्न म, तयार छु, नेतृ खड्काले भनिन् ।’


कांग्रेसको १४ औं महाधिवेशनको सबै पदको मतपरिणाम सार्वजनिक भैसकेको छ । जसमा रामेछापबाट एक जना पनि केन्द्रमा निर्वाचित हुन सकेनन् । 

 

निर्वाचित पदाधिकारीहरुलाई कांग्रेसले शनिबार निर्वाचित् भएको प्रमाणपत्र हस्तान्तरण गर्दैछ । साथै नयाँ कार्यसमितिको बैठक पनि शनिबारनै बस्दै छ । सभापति शेरबाहदुर देउवासहित १ सय ३४ पदाधिकारीको निर्वाचनबाट बिजयी भएका छन्, भने सभापति पदका प्रतिस्पर्धी डा. शेखर कोइरला पार्टीको बिधान अनुसार स्वतः केन्द्रीय सदस्य बनेका छन् । 
 

यी हुन् कांग्रेसका पदाधिकारीहरु । 

सभापति - शेरबहादुर देउवा

उपसभापति -पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्री -गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्री

महालक्ष्मी उपाध्याय ‘डिना’

जीवन परियार, 

बद्री पाण्डे, 

फरमुल्लाह मन्सुर, 

भीष्मराज आङ्देम्बे

किशोरसिंह राठोर, 

महेन्द्र यादव, 

उमाकान्त चौधरी

केन्द्रीय सदस्य: 
डा.शेखर कोइराला
केन्द्रीय_सदस्यहरू खुलातर्फ (३५ जना)
शशांक कोइराला

एनपी साउद, 

बालकृष्ण खाँण, 

उदय शमशेर राणा, 

रामहरि खतिवडा, 

ज्ञानेन्द्रबहादुर कार्की, 

रमेश लेखक, 

शंकर भण्डारी, 

जिपछिरिङ लामा, 

अर्जुननरसिंह केसी, 

जितजङ्ग बस्नेत, 

गोपालमान श्रेष्ठ

मोहनबहादुर बस्नेत, 

सुनिलबहादुर थापा, 

नैनसिंह महर, 

दिलेन्द्रप्रसाद बडु, 

रामशरण महत, 

बलबहादुर केसी, 

गोविन्द भट्टराई, 

कुन्दनराज काफ्ले, 

दिपक गिरी, 

सुरेन्द्रराज पाण्डे, 

पद्मनारायण चौधरी, 

राजिव ढुंगाना, 

गुरु बराल,

सञ्जयकुमार गौतम, 

गोविन्दराज पोखरेल, 

मदनबहादुर अमात्य, 

अजयबाबु शिवाकोटी, 

गणेश लामा, 

दिनेश कोइराला, 

उमेशजङ्ग रायमाझी, 

मोहन आचार्य, 

गोपाल दहित

कृष्णकिशोर घिमिरे

महिला_खुलातर्फ (९ जना)

डिला संग्रौला, 

पुष्पा भुसाल, 

आरजु राणा देउवा, 

अम्बिका बस्नेत, 

ईश्वरी न्यौपाने, 

सरिता प्रसाई, 

रमा कोइराला पौडेल, 

सुशीला ढकाल आचार्य, 

रंगमति शाही,

आदिवासी_जनजाति (७ महिलासहित १५ जना)

चिनकाजी श्रेष्ठ, 

उमेश श्रेष्ठ, 

बहादुरसिंह लामा, 

दिलमान पाख्रिन, 

टेकबहादुर गुरुङ, 

आङ्गेलु शेर्पा, 

तारामान गुरुङ, 

टेकप्रसाद गुरुङ, 

सीता गुरुङ, 

अन्जनी श्रेष्ठ, 

सरस्वती बजीमय, 

गंगा लक्ष्मी, 

माया राई, 

सीता राना र 

सुशीला थिङ ।

खस_आर्य (६ महिलासहित १३ जना)

केशवकुमार बुढाथोकी, 

गोविन्दबहादुर शाह, 

भीम पराजुली, 

मधु आचार्य, 

श्यामकुमार घिमिरे, 

नारायणबहादुर कार्की, 

गेहेन्द्र गिरी, 

मञ्जु खाण, 

प्रतिमा गौतम, 

नानु बाँस्तोला, 

कान्तिका सेजुवाल, 

चम्पादेवी खड्का र 

विद्यादेवी तिमिल्सिना

दलिततर्फ (४ महिलासहित ९ जना)

मानबहादुर नेपाली, 

प्रकाश रसाइली ‘स्नेही’, 

हरिशरण नेपाली, 

नृपबहादुर वड, 

मैकुलाल बाल्मीकी, 

लक्ष्मी परियार, 

सुजाता परियार, 

शान्ति परियार विक

रुपा विक

मधेशीतर्फ (४ महिलासहित ९ जना)

अजयकुमार चौरसिया, 

चन्द्रमोहन यादव, 

महेन्द्रकुमार राय, 

विनोदकुमार चौधरी, 

दिनेशकुमार यादव, 

नागिना यादव, 

मञ्जुकुमारी यादव, 

मिनाक्षी झा र 

मुक्ताकुमारी यादव

थारूतर्फ (२ महिलासहित ४ जना)

रामजनम चौधरी, 

योगेन्द्र चौधरी, 

कल्पना चौधरी 

जीवन राना

मुस्लिमतर्फ (१ महिलासहित ३ जना)

अब्दुल रज्जाक, 

अब्दुल सतार  

जवेदा खातुन

अल्पसंख्यकतर्फ (१ जना)

प्रदीपकुमार सुनुवार

अपाङ्गता_भएकातर्फ (१ जना)

मदनकृष्ण श्रेष्ठ

पिछडिएको क्षेत्रतर्फ (१ जना)

अर्जुनबहादुर सिंह

हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना

प्रदेश १: अमृत अर्याल, 

राजीव कोइराला र

महेन्द्रकुमारी लिम्बू

प्रदेश २: रमेश रिजाल, 

आनन्द ढुंगाना 

चित्रलेखा यादव

बागमती: राजेन्द्रकुमार केसी, 

ध्यानगोविन्द रञ्जित

उर्मिला नेपाल केसी

गण्डकी: ध्रुब वाग्ले, 

कृष्णचन्द्र पोखरेल

रस्वती अर्याल तिवारी

लुम्बिनी: देवेन्द्रराज कँडेल, 

चन्द्रबहादुर केसी

शिला शर्मा खड्का

कर्णाली: कर्णबहादुर बुढा,

राजीव विक्रम शाह

जानकी सिंह

सुदूरपश्चिम: यज्ञराज जोशी, 

रणबहादुर रावल

सुशीला मिश्र भट्ट