रत्न कार्की केन्द्रीय सदस्यमा पराजितः भन्छन्-‘सिनियर नेताहरुका कारण जित्न सकिएन’

| पुस ९, २०७८ शुक्रबार

तस्विर फाइल
A A A
A A A

०९ पुष, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता रत्नबहादुर कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएका छन् । खुल्ला पुरुषतर्फ उम्मेद्वरी दिएका कार्कीले एक हजार ३ सय ९८ मत प्राप्त गर्दै पराजित बनेका हुन् ।  खुल्ला पुरुषतर्फ ९९ जनाले प्रतिस्पर्धा गरेको निर्वाचनमा ३५ जना निर्वाचित हुनु पर्ने कांग्रेसको विधानले व्यवस्था गरेको छ । जसअनुसार ३५ जना निर्वाचित भएका छन् । तर, कार्की भने त्यो भित्र अटाएनन् । 

 

संस्थापन पक्षबाट चुवानी मैदानमा उठेका कार्की आफूले जित्ने पक्का भएरै चुनावी मैदानमा उत्रिएको रामेछाप टाइम्सँग बताए । उनले भने ‘मैले १०० प्रतिशत जित्ने पक्का भएरै चुनावमा लडेको थिए । १७ सय मत ल्याउनेले जिते । तर, थोरै मतले म, बाहिरिनु पर्यो । दुखित् छु ।’

 

कार्कीले थपे ‘अस्वभाविक रुपमा मत अन्तर पर्यो । जित्नु पर्ने चुनाव हो । सिनियरहरु भएको कारण पनि असर पर्यो । यहाँ शशाङ्क कोइराला  देखि बाहलवाल मन्त्रीनै भएको हुदाँ पछि परियो ।’
पहिले खस आर्यबाट चुनावमा लड्ने तयारी थियो । तर, प्राविधिक कारणले खुल्लामा प्रतिस्पर्धा हुदाँ पछि परेको उनले बताए । 

  • कांग्रेसलाई बैचारिक, सैद्धान्तिक रुपमा सुदृढीकरण गर्नु पर्ने उद्देश्य लिएर केन्द्रीय सदस्य बन्न उम्मेदवार घोषणा

गत २०७४ सालमा भएको निर्वाचनमा रामेछापको प्रदेशसभा ‘क’ बाट बागमती प्रदेशका उम्मेदवार समेत बनेका कार्की कांग्रेसलाई बैचारिक, सैद्धान्तिक रुपमा सुदृढीकरण गर्नु पर्ने उद्देश्य लिएर केन्द्रीय सदस्य बन्न उम्मेदवार घोषणा गरेका थिए । 

 

नेपाल विद्यार्थी संघ (नेविसंघ) को क्षेत्रिय सभापती, २०५६ सालमा रामेछाप (नेविसंघ) को जिल्ला सभापति, २०५७ सालमा नेविसंघको केन्द्रीय सदस्य हुदै प्रचारप्रसार विभाग प्रमुख भएर काम गरेका कार्की २०६३ सालमा नेविसंघको केन्द्रीय उपसभापति बनेका थिए । 

 

‘३५ जनाभित्र पर्छु भन्ने थियो । तर, परिएन मेरो पनि कम्जोरी भयो होला । तयारी पुगेनछ भन्ने लागेको छ । यो पार्टीको आन्तरिक प्रतिस्पर्धा हो । हरेस खाएको छैन् । निराश पनि भएको छैन । २-३ वर्षदेखि लागेका साथिहरु पनि हारेका छन् । त्यो मैले गरेको थिइएन् । त्यसैले म, मलाई प्राप्त मतबाट सन्तुष्ट छु भने ।’ 

 

प्रविधिको रुपमा पराजित् भएपनि म, सन्तुष्ट छु । अर्को चोटी प्रतिस्पर्धाको लागि मलाई बाटो खुलेको छ, अब सक्रिय रुपमा पार्टीमा लाग्ने छु कार्कीले भने ।