गुम्देलमा पहिलो पटक प्रहरी चौकी

| पुस ९, २०७८ शुक्रबार

तस्विर स्रोतः भिमशेन बस्नेत
A A A
A A A

०९ पुष, रामेछाप । रामेछापको उत्तरी क्षेत्र गुम्देलमा पहिलो पटक प्रहरी बसेको छ । 

 

उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा पहिलो पटक अस्थाई प्रहरी चौकी संचालनमा आएको हो । जिल्लाकै दुर्गम मानिने गुम्देल साविकको वडा नं १ लाछेवरमा अस्थायी प्रहरी चौकी संचालनमा आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

उनका अनुसार त्यहाँ निर्माणाधिन जलविद्युत आयोजना, विकास निर्माणको कामसहित सुरक्षा चुनौती बढ्दै गएको भनि वडा अध्यक्ष नुर्बु शेर्पाले निवेदन पेश गरेकाले परिस्थिति बुझेर अस्थाई रुपमा चौकी खडा गरिएको हो । 

 

 

शुक्रबार प्रमुख जिल्ला अधिकारी दीपक पहाडी र डिएसपी ढुङ्गानासहितको उपस्थितिमा अस्थाई प्रहरी चौकी संचालनमा ल्याइएको डिएसपी ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 
‘अस्थायी रुपमा राखेको प्रहरी चौकी अब माग भए दिर्घकालिन रुपमा राख्न पनि सकिन्छ । त्यो त्यहाँका जनताको मागमा आधारित हुने कुरा हो । माग भए हामी त्यो  राख्नेको लागि तयार छौं डिएसपी ढुङ्गानाले भने ।’

 

 

विगतमा प्रहरी चौकी नहुदाँ बाम्तिभण्डारबाट प्रहरी पुग्थे । अब वडामै प्रहरी बसेपछि सहजता भएको छ ।

 

 

अहिलेको लागि निर्माणाधिन लिखु जलविद्युतको आयोजनाले बनाएको घरबाट ५ जना प्रहरी बस्नेत गरि चौकी संचालनमा ल्याइएको हो ।