राकाथुम घटनाः बाबुछोरा पूर्पक्षका लागि जेलचलान्, मुख्य अभियुक्त लामा एक लाख धरौटीमा छुटे

| पुस १०, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

१० पुष,रामेछाप । ज्यान मार्ने उद्योगमा १२ वर्षेदेखि फरार रहेर गत मंसिरमा पक्राउ परेका बाबुछोरा पूर्पक्षको लागि जेल चलना भएका छन् । 

 

उनीहरु गत मंसिर ११ गते शनिबार पक्राउ परेका थिए । भने घटनाका मुख्य अभियुक्त ४७ वर्षीय (ज्वाला) भनिने पदमबीर लामा तामाङ धरौटीमा छुटेका छन् । उनी एक लाख धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नबराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

मुख्य अभियुक्त लामा बाबुछोरालाई पक्राउ गरेको ५ दिनपछि पक्राउ परेका थिए । 

 

बाबुछोरा खाँडादेवी गाँउपालिका वडा नं १  राकाथुम पिपलबोट घरभएका ज्ञानबहादुर तामाङ र उनका छोरा जयराम तामाङ हुन् । 

 


उनीहरुले काभ्रेको तेमाल गाउँपालिका ९ बस्ने २९ वर्षीय निखिल भन्ने तिर्थमान दोङ (तामाङ‌) लाई पुरानो रिसिबीले धारीलो हतियार प्रहार गरेर निर्मम तरिकाले हत्या गरेका थिए ।